Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

३ महिनामा साढे ४६ अर्बको पेट्रोलियम आयात

ऊर्जा खबर मङि्सर ०३, २०७६   1613

पेट्रोलियम



काठमाडौं । नेपाल आयल निगमले चालू वर्षको ३ महिनामा साढे ४६ अर्ब रुपैयाँ बढीको पेट्रोलियम पदार्थ भारतबाट आयात गरेको छ । निगमले आवको पहिलो त्रैमासिक अवधिमा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयात गरेको हो ।

साउनदेखि असोजसम्ममा ४६ अर्ब ५४ करोड ४५ लाख ३१ हजार रुपैयाँ पेट्रोलियम आयातमा खर्च भएको निगमका नायव कार्याकारी निर्देशक नागेन्द्र साहले बताए । उनका अनुसार यो रकम गत आर्थिक वर्ष (२०७५/७५) को यही अवधिको तुलनामा ७ अर्ब रुपैयाँ कम हो ।

ad

गत आवको पहिलो त्रैमासिक अवधिमा निगमले ५३ अर्ब ५४ करोड २४ लाख ३२ हजार रुपैयाँ बराबरको इन्धन आयात गरेको थियो । पेट्रोलियम पदार्थको माग बढिरहे पनि मूल्यमा आएको कमीले भारतीय आयल कर्पोरेशनलाई बुझाउने रकम घटेकाे उनले बताए ।

‘पेट्रोलियम पदार्थको माग बढेकाले आयात पनि बढेको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा आइओसीले घटाएर पठाएकाले निगमले तिर्ने रकम घटेकाे हाे।’

उनले यो अवधिमा ७ लाख ८९ हजार १ सय ३४ किलोलिटर इन्धन निगमले आयात गरेको जानकारी दिए । जसमा पेट्रोल १ लाख ८३ हजार २६ किलोलिटर छ । डिजेल ४ लाख १२ हजार ५ सय ६३ किलोलिटर र मट्टीलेल ७ हजार ९ सय ८६ किलोटिर छ ।

हवाई इन्धन ५७ हजार ९ सय ४० लिटर आयात भएको निगमले जनाएको छ । निगमका अनुसार खाना पकाउने ग्यास १ लाख २७ हजार ६ सय २८ किलोलिटर आयात गरेर बिक्री वितरण गरिएको छ ।

निगमले भारतबाट पेट्रोलियम आयात गरेर बिक्री वितरण गर्दै आएको छ । निगमले गत आवमा सरकारलाई ६४ अर्ब रुपैयाँ कर तिरेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="