Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पेट्रोलियम पाइप लाइन परियोजना ८० प्रतिशत पूरा, असारदेखि सञ्चालन

ऊर्जा खबर चैत २४, २०७५   507

पेट्रोलियम



काठमाडौं– निर्माणाधीन नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना ८० प्रतिशत पूरा भएको छ । नेपालतर्फको ३६ किलोमिटर पाइप लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

अहिलेसम्ममा २९ किलोमिटर पाइप लाइन बिछ्याउने काम सकिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार अहिले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइप लाइनको काम भइरहेको छ ।

‘रुख काट्ने स्वीकृतिपछि निकुञ्ज क्षेत्रमा धमाधम काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यहाँको ९ मध्ये २ किलोमिटर पाइप लाइन बिछ्याइ सकेका छौं । रुख काट्ने र पाइप लाइन राख्ने काम एकसाथ भइरहेको छ । ’

अबको डेढ महिनामा निकुञ्ज क्षेत्रमा  पाइप लाइनकाे  काम सकेर परियोजनाको परीक्षण सुरु गरिने पनि गोइतले बताए । पाइप लाइन बिछ्याउने काम पूरा गरेर ‘हाइड्रो टेष्ट’ र ‘प्रेसर टेष्ट’ गरिने उनले जानकारी दिए ।

पाइप लाइनमा पानी भरी प्रेसर दिएर गरिने परीक्षण पूरा भएपछि असारदेखि पेट्रोलियम आयात गर्न सुरु गरिने निगमले जनाएको छ । निगमका अनुसार पाइपलाइन विस्तारको काम पूरा भएपछि मोतीहारीबाट प्रतिघन्टा ३ लाख लिटर पेट्रोलियम पदार्थ अमलेखगन्ज डिपोमा आइपुग्ने छ ।

पेट्रोलियम पदार्थ भण्डारण हुने अमलेखगन्ज डिपोको निर्माण पनि ८० प्रतिशत पूरा भएको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुन थालेपछि वार्षिक ७० करोड रुपैयाँ ट्यांकर ढुवानी खर्च जोगिने निगमको दाबी छ ।

पाइप लाइनको साढे ७ किलोमिटर क्षेत्रमा भूमिगत प्वाल बनाएर पाइप राख्ने गरी डिजाइन गरिएको छ । परवानीपुरमा २ किलोमिटर, जितपुरमा १.६ किलोमिटर, नाला, कलवट, सडक खण्ड रहेको स्थानमा ४ किलोमिटर भूमिगत प्वाल बनाएर पाइप राखिएको निगमले जनाएको छ ।

८० किलोमिटर लामो पाइप लाइन परियोजनाको भारततर्फको खण्ड पूरा भइसकेको छ । २०७४ फागुन २५ गतेबाट सुरु भएको पाइपलाइन विस्तारको काम भारतको लिखित इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । भारतकै सिमलेस लिमिटेडले उत्पादन गरेका पाइप प्रयोग भएको छ ।

नेपाल र भारतको संयुक्त लगानी रहेको पाइपलाइन परियोजना ४ अर्ब ४० करोड (२ अर्ब ७५ करोड भारु) रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ । परियोजनामा भारतको ३ अर्ब २० करोड रुपैयाँ (२ अर्ब भारु) र नेपालको १ अर्ब २० करोड (७५ करोड भारु)  रुपैयाँ लगानी हुनेछ । पाइप लाइन परियोजना निर्माण गर्न २०७२ भदौ ७ गते दुई देशबीच सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="