Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२७ किलोमिटर पेट्रोलियम पाइप लाइन विस्तार

ऊर्जा खबर फागुन १२, २०७५   1044

पेट्रोलियम



काठमाडौं– नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना २७ किलोमिटर पूरा भएको छ । बिहारको मोतीहारीदेखि अमलेखगन्ज डिपोसम्म आइपुग्ने परियोजनाको नेपालतर्फको पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको हो ।

वन क्षेत्रबाहेकका स्थानमा पाइप लाइन बिछ्याउने काम सकिएको नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था) शुशील भट्टराईले बताए । उनका अनुसार वन क्षेत्रको रुख कटान र पाइप लाइन विस्तारको काम एकसाथ सुरु गरिने भएको छ ।

‘पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने १० किलोमिटर रुटको रुख कटान गर्न मन्त्रीपरिषदबाट स्वीकृति मिलिसकेको छ’ उनले भने, ‘अब छाप लगाएका रुख कटान गर्दै पाइप लाइन विस्तारको काम अघि बढाउँछौं ।’ निकुञ्ज क्षेत्रमा पाइप लाइन विस्तार गर्न ६ हजार ५ सय ५३ रुख कटान गरिने पनि उनले बताए ।

३६ किलोमिटरमध्ये साढे ७ किलोमिटर भागमा भूमिगत प्वाल बनाएर पाइप राखिएको छ । परवानीपुरमा २ किलोमिटर, जितपुरमा १.६ किलोमिटर, नाला, कलवट, सडक खण्ड रहेको स्थानमा ४ किलोमिटर भूमिगत प्वाल बनाएर पाइप राखिएको निगमले जनाएको छ ।

२०७४ फागुन २५ गतेबाट सुरु भएको पाइपलाइन विस्तारको काम भारतको लिखित इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । भारतकै सिमलेस लिमिटेडले उत्पादन गरेका पाइप प्रयोग भएको छ ।

पाइपलाइन विस्तारको काम पूरा भएपछि मोतीहारीबाट प्रतिघन्टा ३ लाख लिटर पेट्रोलियम पदार्थ निगमको अमलेखगन्ज डिपोमा आइपुग्नेछ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुन थालेपछि वार्षिक ७० करोड रुपैयाँ ट्यांकर ढुवानी खर्च जोगिने निगमको दाबी छ ।

नेपाल र भारतको संयुक्त लगानी रहेको पाइपलाइन परियोजना ४ अर्ब ४० करोड (२ अर्ब ७५ करोड भारु) रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ । परियोजनामा भारतको ३ अर्ब २० करोड रुपैयाँ (२ अर्ब भारु) र नेपालको १ अर्ब २० करोड (७५ करोड भारु) रुपैयाँ लगानी हुनेछ । पाइप लाइन परियोजना निर्माण गर्न २०७२ भदौ ७ गते दुई देशबीच सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="