Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अञ्चलपुरमा बन्याे  प्रतिघन्टा साढे ९ हजार लिटर बढी पेट्रोलियम वितरण गर्ने पम्प 

ऊर्जा खबर श्रावण १७, २०७६   577

पेट्रोलियम



काठमाडौं- नेपाल आयल निगमले रुपन्देहीको सिद्धार्थनगरस्थित अञ्चलपुर पेट्रोल पम्पको स्तरोन्नति गरेर सञ्चालन गरेको छ । २०३७ सालदेखि सञ्चालनमा रहेकाे पम्पकाे निगमले पुनर्निर्माण गरेर स्तरोन्नति गरेको हो ।

पेट्रोल पम्पबाट प्रतिघन्टा अधिकतम ९ हजार ६ सय लिटरसम्म पेट्रोल तथा डिजेल बिक्री वितरण वितरण गर्न सकिने अध्याधुनिक प्रविधि जडान गरिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार पेट्रोल पम्प सौर्य ऊर्जा प्रविधिबाट पनि सञ्चालन गर्न मिल्ने गरी पुनर्निर्माण गरिएको छ ।

ad

पुनर्निर्मित पेट्रोल पम्पको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले शुक्रबार उद्घाटन गरेका छन् । उद्घाटनपछि पेट्रोल पम्प सञ्चालनमा आएको छ । पेट्रोल पम्पले २४ सै घन्टा उपभोक्तालाई सेवा दिने निगमले जनाएको छ । पेट्रोल तथा डिजेल भरेपछि उपभोक्ताले पेट्रोल पम्पबाट अटो प्रिन्टेड विल प्राप्त गर्नेछन् ।

पेट्रोल तथा डिजेल भर्न आउने उपभोक्तालाई घाम पानीबाट जोगाउन पम्प परिसरमा ९ सय वर्गमिटर क्षेत्रफलमा ओत लाग्ने घर पनि निर्माण गरिएको उनले बताए । अग्नि नियन्त्रण गर्न डाई मेडिकल पाउडरसहितको फायर एक्टिङगुइसर पनि राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="