Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५१७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५३१५ मे.वा. घन्टा
  • भारत : ११४७४ मे.वा. घन्टा
  • ट्रिपिङ : १२० मे.वा. घन्टा
  • माग : २५४२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पेट्रोलियम आयात १२ प्रतिशतले बढ्यो

ऊर्जा खबर फागुन १०, २०७५   1465

पेट्रोलियम



काठमाडौं– चालु आर्थिक वर्षको ७ महिनामा पेट्रोलियम पदार्थको आयात १२ प्रतिशतले वृद्धि भएको छ । साउनदेखि माघसम्मको अवधिमा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको खपत बढेसँगै आयात परिमाणमा पनि वृद्धि भएको हो ।

नेपाल आयल निगमले शुक्रबार पत्रकार सम्मेलन गरेर पेट्रोल आयात १७ प्रतिशतले बढेको जनाएको छ । डिजेल आयात १२ प्रतिशतले वृद्धि भएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार मट्टीतेल र हवाइ इन्धन आयात पनि क्रमशः ९ र २ प्रतिशतले वृद्धि भएको छ ।

सवारी साधनको संख्या थपिँदा तथा विकासका पूर्वाधार निर्माणका काम देशभरमा बढिरहेकाले खपतमा वृद्धि भई आयात बढाउनु परेको गोइतले बताए । ‘डिजेलको खपतमा भएको वृद्धिले विकास निर्माणका आयोजनामा धमाधम काम भइरहेको देखाउँछ’ उनले भने ।

यस्तै, खाना पकाउने एपी ग्यास आयात पनि औषतमा २३ सय १० मेट्रिकटन पुगेको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको आयातका लागि मासिकरूपमा औषतमा १५ अर्ब रुपैयाँको पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास आयातमा खर्च भइरहेको निगमले जनाएको छ । ७ महिनामा पेट्रोलियम आयातमा १ खर्ब ३० अर्ब रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="