विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२२.४ किलाेमिटर पेट्राेलियम पाइपलाइन विस्तार, चैतबाट सञ्चालन गरिने

ऊर्जा खबर मङि्सर १३, २०७५ 2998

काठमाडाै–  नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना २२.४  किलोमिटर पूरा भएकाे छ । बिहारको मोतीहारीदेखि अमलेखगन्ज डिपोसम्म आइपुग्ने परियोजनाको नेपालतर्फकाे पाइप लाइन विस्तारकाे काम तीव्र गतिमा अघि बढेकाे हाे । ८० किलाेमिटर लामाे परियाेजना नेपालतर्फ ३७ किलाेमिटर पर्दछ ।

९ महिनामा ६० प्रतिशतभन्दा बढी पाइपलाइन बिछ्याउने काम पूरा भएकाे परियाेजना संयाेजक भानु खनाले बताए । उनका अनुसार पथलैयादेखि जितपुर, जितपुरदेखि परवानीपुरसम्म र वीरगन्जको बाइपास क्षेत्रमा पाइपलाइन विछ्याउने काम भइरहेकाे छ ।

अहिले परवानीपुरमा पर्ने ३.४ किलाेमिटर क्षेत्रमा हिलाे माटाे हटाउने काम भइरहेकाे पनि खनालले बताए । अबकाे २ महिनामा थप ६ किलाेमिटर पाइप लाइन विस्तार भइसक्ने उनकाे दाबी छ ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ९ किलाेमिटर लामाे पाइपलाइन बिछ्याउन ६ हजार रुख कटान गर्नुपर्ने भएकाे छ । रुख कटान गर्न सरकारले स्वीकृित प्रदान गरिसकेकाले  बिहीबारबाट कटान गर्ने रुखमा चिनाे लगाउन सुरु गरिएकाे खनालले बताए ।

३७ किलोमिटरमध्ये ७.५ किलोमिटर भागमा भूमिगत प्वाल बनाएर पाइप राखिनेछ । परवानीपुरमा २ किलोमिटर, जितपुरमा १.६ किलोमिटर, नाला, कलवट, सडक खण्ड रहेको स्थानमा ४ किलोमिटर भूमिगत प्वाल बनाएर पाइप राखिने छ । भूूमिगत प्वाल बनाएर पाइपलाइन राख्न सामान्यभन्दा १० गुणा बढी खर्च लाग्नेछ ।

काम सुरु भएको ३० महिनामा पूरा गर्ने तालिका रहे पनि अागामी चैतबाट पेट्राेलियम पदार्थ पाइपलाइनबाट अायात गर्न सुरु गरिने नेपाल अायल निगमले जनाएकाे छ ।

गत फागुन २५ गतेबाट सुरु भएको पाइपलाइन विस्तारको काम भारतको लिखित इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । भारतकै सिमलेस लिमिटेडले उत्पादन गरेका पाइप प्रयोग भएकाे छ । पाइपलाइन विस्तारको काम पूरा भएपछि मोतीहारीबाट प्रतिघन्टा ३ लाख लिटर पेट्रोलियम पदार्थ निगमको अमलेखगन्ज डिपोमा आइपुग्नेछ ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुन थालेपछि वार्षिक ७० करोड रुपैयाँ ट्यांकर ढुवानी खर्च जोगिने निगमको दाबी छ । नेपाल र भारतको संयुक्त लगानी रहेको पाइपलाइन परियोजना ४ अर्ब ४० करोड (२ अर्ब ७५ करोड भारु ) रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ ।

परियोजनामा भारतको ३ अर्ब २० करोड रुपैयाँ (२ अर्ब भारु) र नेपालको १ अर्ब २० करोड (७५ करोड भारु) रुपैयाँ लगानी हुनेछ । पाइप लाइन परियोजना निर्माण गर्न २०७२ भदौ ७ गते दुई देशबीच सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="