Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९०७ मे.वा. घन्टा
  • भारत : ५४१९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१७३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

राजा पृथ्वी वीरविक्रमले उद्घाटन गरेकाे ‘चन्द्र शमशेरको बिजुली’

ऊर्जा खबर श्रावण ०८, २०७६   1193

उहिलेकाे खबर



फर्पिङ जलविद्युत केन्द्र

बिक्रम संवत १९६८ जेठ ९ गते (सन् १९११ मे २२) बाट सञ्चालनमा आएको फर्पिङ नेपालको पहिलो तथा दक्षिण एसियाको दोस्रो जलविद्युत केन्द्र हो । १ सय ८ वर्षको इतिहास बोकेको फर्पिङ १९६४ (सन् १९०७) बाट निर्माण सुरु भई त्यसको ४ वर्षमा सम्पन्न भएको थियो ।

ad

तत्कालिन प्रधानमन्त्री चन्द्र शमशेर जबराको पालामा निर्माण भएकाले फर्पिङबाट उत्पादन भएको बिजुलीलाई ‘श्री चन्द्रज्योति प्रकाश’ नाम दिइएको थियो । १९६८ जेठ ९ गते सोमबारको दिनबाट फर्पिङले बिजुली उत्पादन थालेको थियो । फर्पिङको तत्कालिन राजा पृथ्वी वीरविक्रम  शाहले उद्घाटन गरेका थिए । फर्पिङको विद्युतगृहमा साढे २ सय किलोवाटका २ वटा युनिट छन् ।

फर्पिङबाट उत्पादन भएको बिजुली ११ केभी लाइन निर्माण गरी काठमाडौ उपत्यकामा ल्याएर राणा सरकारले वितरण गरेको थियो । पहिलो पटक उपत्यकाको टुँडीखेलमा फर्पिङको बिजुली बलेको थियो । विद्युत वितरण गर्न तत्कालिन सरकारले ‘बिजुली अड्डा’ स्थापना गरेको थियो । अहिले फर्पिङ नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा छ ।

निर्माण लागत
सबै उपकरण बेलायतबाट आयात गरेर निर्माण थालिएको फर्पिङ सम्पन्न हुँदा १ सय ८ वर्ष अघि पनि ७ लाख १३ हजार २ सय ७३ रुपैयाँ खर्च भएको थियो । सम्पूर्ण लागत तत्कालिन बेलायत सरकारले जुटाएकाे थियाे । बेलायतले नै फर्पिङको डिजाइन तयार पार्नेदेखि निर्माण सम्पन्न गर्नेसम्मको सम्पूर्ण काम गरेको थियो ।

खानेपानी आयोजना
राणा कालमा निर्माण भएको फर्पिङले करिब ६० वर्षसम्म काठमाडौं उपत्यकालाई उज्यालो दियो । तर, २०३८ सालबाट फर्पिङ जलाशयको पानी वितरण गर्न थालेपछि क्रमशः उत्पादन घट्दै गयो । २०५८ सालदेखि फर्पिङको बिजुली उत्पादन पूर्णरूपमा बन्द छ ।

ऐतिहासिक महत्त्व बोकेको फर्पिङ अहिले खानेपानी आयोजना बनेको छ । संरचना निर्माण गरेर फर्पिङ जलाशयको पानी ललितपुरका भैंसीपाटी, खोकना, बुङमती, चुनीखेल, छम्पी, जावलाखेल, कुपण्डोल, कुमारीपाटी, पुल्चोकलगायत स्थानमा वितरण हुँदै आएको छ । विद्युत उत्पादन नभए पनि फर्पिङमा जडान भएका उपकरण अहिले पनि काम लाग्ने अवस्थामा छन् ।

फर्पिङलाई जीवित संग्राहलय बनाइने
शताब्दी लामाे इतिहास बोकेको फर्पिङ अब जीवित संग्राहलय बन्ने भएको छ । फर्पिङ जलविद्युत केन्द्रले जीवित संग्राहलय बनाउने प्रस्ताव नेपाल विद्युत प्राधिकरणमा पेस गरेको छ ।

प्राधिकरणबाट आधिकारिक निर्णय भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्रस्ताव पुग्नेछ । फर्पिङबाट बिजुली उत्पादन सुरु भएको सय वर्ष पूरा भएको अवसरमा जीवित संग्राहलय बनाउने गुरूयोजना सरकारले बनाएको थियो ।

तत्कालिन ऊर्जा मन्त्री प्रकाशशरण महतको कार्यकालमा बनेको गुरूयोजना अहिले कार्यान्वयनको चरणमा पुगेको हाे । गुरूयोजनाअनुसार फर्पिङको विद्युतगृह, जलाशयलगायत संरचनाको संरक्षण गरेर वरपर पिकनिक स्पट, केटाकेटीका लागि खेल्ने पार्क, सांगितिक पार्कका संरचना निर्माण गरेर पर्यटकिय स्थलकोरूपमा विकास गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="