Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जोडिने भयो पिखुवा खोलाको विद्युत,भोलिदेखि व्यावसायिक उत्पादन

ऊर्जा खबर जेठ ०३, २०७६   854

खबर



काठमाडौं- ५ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजनाले भोलि (शनिबार) देखि व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने भएको छ । भोजपुरमा निर्माण भएको आयोजनाले व्यवसायिक विद्युत उत्पादन सुरु गर्न लागेको हो ।

सबै चरणको परीक्षण पूरा गरेर व्यावसायिक उत्पादन गर्ने तयारी भइरहेको प्रवर्द्धक इष्टर्न हाइड्रो पावर कम्पनीका निर्देशक धनबहादुर श्रेष्ठले बताए । उनका अनुसार आयोजनाले एक सातादेखि परीक्षण उत्पादन गरिरहेको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको पानीट्याङकी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक ४ किलोमिटर प्रसारण लाइन कम्पनीले निर्माण गरेको छ ।

२०७३ सालबाट निर्माण सुरु भएको आयोजना साढे २ वर्षमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले अलपत्र अवस्थामा पुगेको आयोजना खरिद गरेर साढे २ मेगावाट क्षमता विस्तार गरी निर्माण सम्पन्न गरेर विद्युत उत्पादन गर्न लागेको हो ।

आयोजना सम्पन्न गरेर विद्युत उत्पादनको चरणसम्म पुर्याउन १ अर्ब २० करोड रुपैयाँ कम्पनीले खर्च गरेको छ । आयोजनामा एनएमबी बैंकको अगुवाइमा ६ बैंकले कूल लागतको ६० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ४० प्रतिशत स्वपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="