Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सञ्चालन भयाे पेट्राेलियम पाइप लाइन, भारतले छाेडेकाे डिजेल नेपाल आइपुग्दै

ऊर्जा खबर श्रावण ०२, २०७६   2704

पेट्रोलियम



काठमाडौं- नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना सञ्चालन भएको छ । पानी हालेर गरिने परीक्षणको चरण पूरा भएपछि पहिलो पटक भारतले डिजेल पठाएर पाइप लाइन सञ्चालनको सुरुवात गरेको हो ।

ad

विभिन्न चरणको परीक्षणपछि भारतीय आयल कर्पोरेशन (आइओसी) को मोतिहारी डिपोबाट डिजेल छोडिएको नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था) शुशील भट्टराईले बताए । उनका अनुसार पाइप लाइनको परीक्षणकै लागि भारतले डिजेल छोडेको हो ।

‘बुधबारबाट भारतले पाइप लाइनमा डिजेल छोडेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यो पनि परीक्षणकै चरण हो ।’ भारतले छोडेको डिजेल बिहीबार साँझ ६ बजेसम्ममा नेपाल आइपुग्ने उनले बताए ।

परीक्षणका सबै चरण पूरा भएपछि निगमले व्यवसायिक आयात सुरु गर्नेछ । पाइप लाइनबाट आएकाे डिजेल औपचारिक उद्घाटनपछि डिपोमा खन्याइने निगमले जनाएको छ ।

पूर्ण क्षमतामा सञ्चालान हुँदा पाइप लाइनबाट प्रतिघन्टा २५० देखि २९० किलोलिटर डिजेल अमलेखगन्ज डिपोमा आइपुग्ने निगमले दाबी गरेको छ । निर्माण सुरु गरेको ३० महिनामा सम्पन्न हुनुपर्ने पाइप लाइनको काम १६ महिनामा परीक्षणको चरणमा सञ्चालन भएको छ ।

८० किलोमिटर लामो पाइप लाइन परियोजनाको ३६ किलोमिटर नेपालले निर्माण गरेको छ । बाँकी भारततर्फकाे पाइप लाइन आइओसीले निर्माण गरेकाे हाे।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुन थालेपछि वार्षिक ७० करोड रुपैयाँ ट्यांकर ढुवानी खर्च जोगिने निगमको दाबी छ । नेपाल र भारतको संयुक्त लगानी रहेको पाइप लाइन परियोजना ४ अर्ब ४० करोड (२ अर्ब ७५ करोड भारु) रुपैयाँ लागतमा सम्पन्न भएकाे छ ।

परियोजनामा भारतको ३ अर्ब २० करोड रुपैयाँ (२ अर्ब भारु) र नेपालको १ अर्ब २० करोड (७५ करोड भारु) रुपैयाँ लगानी छ । पाइप लाइन परियोजना निर्माण गर्न २०७२ भदौ ७ गते दुई देशबीच सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="