Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अन्तरदेशीय पेट्रोलियम पाइप लाइन मंगलबारदेखि सञ्चालन हुँदै, ओली र माेदीले उद्घाटन गर्ने

ऊर्जा खबर भदौ २०, २०७६   1616

पेट्रोलियम



काठमाडौं- नेपाल आयल निगमले नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाबाट मंगलबारदेखि व्यावसायिकरूपमा पेट्रोलियम आयात गर्ने भएको छ । परियोजनाको सबै चरणको परीक्षण पूरा भएपछि व्यवसायिक आयात सुरु गर्न लागिएको हो ।

विशेष कार्यक्रम गरेर औपचारिकरूपमा व्यावसायिक आयात सुरु गर्ने तयारी भइरहेको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार मंलबार अपरान्ह १२ बजे पाइप लाइन परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले स्वीच थिचेर उद्घटान गर्ने कार्यक्रम छ ।

ad

ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार र मोदीले दिल्लीबाट एकसाथ स्वीच थिचेर पाइप लाइनकाे भल्भ खाेलेपछि  व्यावसायिकरूपमा पेट्रोलियम आयातको सुरुवात हुने गाेइतले बताए । स्वीच थिचेर भल्भ खाेलिएपछि पाइप लाइनबाट पेट्राेलिमय पदार्थकाे आदान–प्रदानको औपचारिक सुरुवात हुनेछ ।

पाइप लाइनबाट निगमले डिजेल आयात गर्नेछ । पाइप लाइन सञ्चालन भएपछि भारतको मोतीहारीबाट प्रतिघन्टा ३ लाख लिटर पेट्रोलियम पदार्थ अमलेखगन्ज डिपोमा आइपुग्ने निगमले जनाएको छ ।

निर्माण सुरु गरेको ३० महिनामा सम्पन्न हुनुपर्ने पाइप लाइनको काम १५ महिनामा सम्पन्न गरेर निगमले गत असारमा परीक्षण गरेको थियो । ८० किलोमिटर पाइप लाइनमध्ये निगमले नेपालतर्फ ३६ किलोमिटर पाइप लाइन निर्माण गरेको छ । जसमा साढे ७ किलोमिटर भागमा भूमिगत प्वाल बनाएर पाइप राखिएको छ ।

पाइप लाइनको रुट पर्ने परवानीपुरमा २ किलोमिटर, जितपुरमा १.६ किलोमिटर र नाला, कलवट, सडक खण्ड रहेको स्थानमा ४ किलोमिटर भूमिगत प्वाल बनाएर पाइप राखिएको निगमले जानकारी दिएको छ ।

२०७४ फागुन २५ गतेबाट सुरु भएको पाइप लाइन विस्तारको काम भारतको लिखित इन्फ्रास्ट्रक्चरले गरेको हो । भारतकै सिमलेस लिमिटेडले उत्पादन गरेका पाइप प्रयोग गरिएको छ ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुन थालेपछि वार्षिक ७० करोड रुपैयाँ ट्यांकर ढुवानी खर्च जोगिने निगमको दाबी छ । नेपाल र भारतको संयुक्त लगानी रहेको पाइप लाइन परियोजना ४ अर्ब ४० करोड (२ अर्ब ७५ करोड भारु) रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ ।

परियोजनामा भारतको ३ अर्ब २० करोड रुपैयाँ (२ अर्ब भारु) र नेपालको १ अर्ब २० करोड (७५ करोड भारु) रुपैयाँ लगानी हुनेछ । पाइप लाइन परियोजना निर्माण गर्न २०७२ भदौ ७ गते दुई देशबीच सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="