Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :५१४१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ३८५५ मे.वा. घन्टा
  • भारत : १०५९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९५९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पेट्रोलियम पाइप लाइन पर्ने निकुञ्ज क्षेत्रकाे रुख कटान सुरु

ऊर्जा खबर फागुन १९, २०७५   1331

पेट्रोलियम



काठमाडौं– नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुटको रुख कटान सुरु भएको छ ।  निकुञ्ज क्षेत्रमा पर्ने ९ किलाेमिटर रुटमा रुख कटान गर्न सुरु गरिएको हो ।

ad

निकुञ्ज क्षेत्रमा पर्ने रुख काटेर पाइप लाइन बिछ्याउने काम एकसाथ अघि बढाइएको नेपाल आयन निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार ९ किलोमिटर क्षेत्रका ६ हजार ५ सय ५३ रुख कटान गरेर पाइप लाइन बिछ्याउन डेढ महिना लाग्नेछ ।

मन्त्रीपरिषदले पाइप लाइन रुटमा पर्ने रुख काट्न परियोजनालाई स्वीकृति दिएपछि निगमले प्रक्रिया अघि बढाएको हो । रुख कटानको जिम्मा निगमले टिम्बर कर्पोरेशन अफ नेपाल (टिसीएन) लाई दिएको छ ।

ad

नेपालतर्फको ३६ किलोमिटर पाइप लाइनमा २७ किलोमिटर पूरा भइसकेको छ । बाँकी ९ किलोमिटरको काम सम्पन्न गरेर चालु आर्थिक वर्षभित्रै पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात सुरु गर्ने निगमको लक्ष्य छ ।

३६ किलोमिटरमध्ये साढे ७ किलोमिटर भागमा भूमिगत प्वाल बनाएर पाइप राख्ने गरी डिजाइन गरिएको छ । परवानीपुरमा २ किलोमिटर, जितपुरमा १.६ किलोमिटर, नाला, कलवट, सडक खण्ड रहेको स्थानमा ४ किलोमिटर भूमिगत प्वाल बनाएर पाइप राखिने निगमले जनाएको छ । ८० किलोमिटर लामो पाइप लाइन परियोजनाको भारततर्फको खण्ड पूरा भइसकेको छ ।

२०७४ फागुन २५ गतेबाट सुरु भएको पाइपलाइन विस्तारको काम भारतको लिखित इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । भारतकै सिमलेस लिमिटेडले उत्पादन गरेका पाइप प्रयोग भएको छ । पाइपलाइन विस्तारको काम पूरा भएपछि मोतीहारीबाट प्रतिघन्टा ३ लाख लिटर पेट्रोलियम पदार्थ निगमको अमलेखगन्ज डिपोमा आइपुग्नेछ । पेट्राेलियम पदार्थ भण्डारण हुने अमलेखगन्ज डिपाेकाे निर्माण पनि ७५ प्रतिशत पूरा भएकाे निगमले जनाएकाे छ ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुन थालेपछि वार्षिक ७० करोड रुपैयाँ ट्यांकर ढुवानी खर्च जोगिने निगमको दाबी छ । नेपाल र भारतको संयुक्त लगानी रहेको पाइपलाइन परियोजना ४ अर्ब ४० करोड (२ अर्ब ७५ करोड भारु) रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ । परियोजनामा भारतको ३ अर्ब २० करोड रुपैयाँ (२ अर्ब भारु) र नेपालको १ अर्ब २० करोड (७५ करोड भारु) रुपैयाँ लगानी हुनेछ ।

पाइप लाइन परियोजना निर्माण गर्न २०७२ भदौ ७ गते दुई देशबीच सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="