Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४२४ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९४०७ मे.वा. घन्टा
  • भारत : ८४२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०६७३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अविरल वर्षाले विद्युतीय पाेल ढल्दा आपूर्तिमा समस्या

ऊर्जा खबर असार २५, २०७६   539

खबर



काठमाडौं- केही दिनदेखिकाे अविरल वर्षाले पाल्पाकाे विद्युत आपूर्तिमा समस्या देखिएकाे छ । नेपाल विद्युत प्राधिकरणकाे वितरण लाइनकाे जीर्ण अवस्थाका पाेल ढलेपछि आपूर्ति अनियमित भएकाे हाे ।

जिल्लाकाे विभन्न स्थानमा आधा दर्जन बढी जीर्ण अवस्थाका विद्युतीय पाेल ढलेकाे प्राधिकरण पाल्पा वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले बताए । उनका अनुसार वर्षा  नराेकिएकाले माटाे कमजाेर भएका स्थानकाे पाेल ढल्ने क्रम बढिरहेकाे छ ।

ad

जिल्लामा प्रदेश सरकार र स्थानीय तहले सडक निर्माण गरिरहेका स्थानमा वितरण लाइनका पाेल ढलिरहेकाे पनि उनले बताए । ११ केभी वितरण लाइनका पाेल ढलेपछि  ३३ केभी बुटवल-पाल्पा-गुल्मी लाइनमा ट्रपिङ समस्या आइरहेकाे छ ।

३३ केभी लाइन अत्यधिक ट्रिप हुँदा वितरण केन्द्र अन्तर्गत विद्युत सेवा पुगेका दर्जनाै गाउँ अन्धकारमय भएका छन् । पाेल ढल्ने सम्भावना रहेका स्थानमा ग्राहकबाटै लाइन काट्न सुझाव आइरहेकाे वितरण केन्द्रले जनाएकाे छ । वितरण केन्द्रले अन्य समस्या पहिचान गर्न प्राविधिक टोली खटाइएको छ ।

यस्तै, केही दिनदेखिकाे नियमित  वर्षाले  प्राधिकरण पुल्चोक वितरण केन्द्र अन्तर्गतको जोर्खुलगायत स्थानमा पनि विद्युत आपूर्ति बन्द छ । वितरण लाइनमा समस्या आउँदा केन्द्रले फर्पिङ फिडरकाे विद्युत सेवा बन्द गरेकाे हाे ।

जोर्खुमा २ वटा काठको जीर्ण पोल ढलेको वितरण केन्द्रका इन्जिनियर सन्जिव भट्टराईले बताए । उनका अनुसार जोर्खु जाने बाटोमा बढी हिलो भएकाले गाडी जान नसक्दा पोल बोकेर लगी जडान गर्नु पर्ने अवस्था आएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="