Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भैसेपाटी क्षेत्रको विद्युत सेवा अवरुद्व

ऊर्जा खबर असार २६, २०७६   438

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरण पुल्चोक वितरण केन्द्रले भैसेपाटी क्षेत्रको विद्युत सेवा बन्द गर्ने भएको छ । भैसेपाटी देखि वाईवाई चोकसम्मको सडक विस्तारका लागि सेवा बन्द गर्न लागिएको हो ।

भैसेपाटी देखि वाईवाई चोकसम्मको सडकमा पर्ने करिब १० वटा पोल सार्नका लागि सेवा बन्द गर्न लागिएको वितरण केन्द्रका इन्जिनियर सन्जिव भट्टराईले बताए । उनका अनुसार शैबु फिडरको विद्युत सेवा बिहीबार (आज) ११ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुनेछ ।

विद्युत सेवा बन्द हुँदा भैसेपाटी चोक, रेडियो नेपाल टावर, नखुडोल, वाइवाई चोक, डिसहोमलगायतका क्षेत्र प्रभावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="