काठमाडौं– ढुंखर्क क्षेत्रको विद्युत सेवा २ दिनका लागि अवरुद्व भएको छ । नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले विभिन्न क्षेत्रमा कण्डक्टर अपग्रेडिङ गर्नका लागि सेवा अवरुद्व गरेको हो ।
पस्थली तथा ढुंखर्क नोलाइटको कार्यक्षेत्रमा वितरित ११ केभी खोपासी फिडरको विद्युत सेवा आज र भोली (शुक्रबार र शनिबार) बिहान १० बजेदेखि अवरुद्व गर्ने केन्द्रले जनाएको छ । अवरुद्व विद्युत साँझ ५ बजेबाट सूचारु हुनेछ ।
विद्युत सेवा अवरुद्व हुँदा पाटीखर्क, बगर, गणेश्याम, ढुंखर्क, च्याम्राङबेशी, कामीडाँडा, दक्षिण ललितपूर लगायतका क्षेत्र प्रवाभित हुनेछ ।
प्रतिक्रिया दिनुहोस