Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तरहरा फिडरको विद्युत ५ बजेसम्म बन्द

ऊर्जा खबर भदौ २६, २०७६   131

खबर



काडमाडौं– नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रले तरहरा फिडरको विद्युत सेवा बन्द गरेको छ । केन्द्रले सडक क्षेत्रको संरचना विस्तारका लागि सेवा बन्द गरेको हो ।

रानी–विराटनगर–इटहरी–धरान सडक योजना अन्तर्गतको हलगडा चोकदेखि आपगाछी चोकसम्मको पुरानो संरचना हटाई नयाँ संरचना विस्तार गर्नका लागि सेवा अवरुद्व गरेको केम्द्रले जनाएको छ । केन्द्रका अनुसार आज (बिहीबार) बिहान ९ बजेदेखि सेवा बन्द गरी संरचना विस्तारको काम भईरहेको छ ।

ad

अवरुद्व विद्युत साँझ ५ बजेबाट सुचारु हुनेछ । विद्युत सेवा अवरुद्व हुँदा यी फिडरबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस