Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८१६ मे.वा. घन्टा
  • भारत : १०३७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२६४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दमौली सबस्टेसनको विद्युत ५ घण्टा बन्द

ऊर्जा खबर असोज १३, २०७६   332

खबर



ठमाडौं— दमौली सबस्टेसनको विद्युत सेवा मंगलबार (भोली) ५ घण्टा अवरुद्व हुने भएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड शाखाले ३३ केभी बसबारमा जम्पर जडान गर्नकालागि सेवा बन्द गर्न लागेको हो ।

खैरेनीटारमा निर्माणाधीन ३३/११ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेकोले ३३ केभी बसबारमा जम्पर जडान गर्न लागेको ग्रिड शाखाले जनाएको छ । ग्रिड शाखाका अनुसार मंगलबार  बिहान ६ बजेदेखि सेवा बन्द हुनेछ । अवरुद्व विद्युत दिउसो ११ बजेदेखि सुचारु हुनेछ ।

ad

सेवा बन्द हुँदा यी सबस्टेसनबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ । उक्त कार्य तोकिएको समय अगावै सम्पन्न भएमा तोकिएको समय अगाडी नै सेवा सुचारु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="