Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नवलपुर क्षेत्रको विद्युत सेवा २ दिन अवरुद्ध

ऊर्जा खबर जेठ ०३, २०७६   224

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखाले नवलपुर क्षेत्रको विद्युत सेवा २ दिन अवरुद्ध गर्ने भएकाे छ । कासावोती वितरण केन्द्रले ट्रान्सफर्मर बदलीका लागि सेवा अवरुद्ध गर्ने लागेकाे हाे ।

बुटवल अन्र्तगत प्रगतीनगर सबस्टेसनमा जडित १३२/३३ केभी, १५ एमभीए पावर ट्रान्सफर्मरको ठाउँमा ३० एमभीएको पावर ट्रान्सफर्मर बदलीका लागि शनिबार बिहान ५ बजेबाट सेवा अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ । अवरुद्ध विद्युत अाइतबार (५ गते) बेलुका १० बजेबाट सुचारु हुनेछ ।

विद्युत सेवा अवरुद्ध अवधिभर सम्भव भएसम्म बर्दघाट र सबस्टेसनबाट आंशिक रुपमा ग्राहस्थ वर्गमा विद्युत आपूर्तीको प्रयास गरिने पनि केन्द्रले जानकारी दिएको छ ।

विद्युत सेवा अवरुद्ध हुँदा नवलपूर लगायतका यी सबस्टेसनबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="