body1
advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण :६९०२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९०१३ मे.वा. घन्टा
  • भारत : ४०८० मे.वा. घन्टा
  • ट्रिपिङ : ३०० मे.वा. घन्टा
  • माग : २०२९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नयाँ सबस्टेसन निर्माण नहुँदा ललितपुर अन्धकार हुने खतरा

   असोज २५, २०७५        3735        ऊर्जा खबर

काठमाडौं– नयाँ सबस्टेसन निर्माण नहुँदा फोर्स लोडसेडिङका कारण ललितपुर जिल्ला नै अन्धकार हुने खतरा बढेकाे छ । पाटन सबस्टेसनको भरमा टिकेको जिल्लाको विद्युतकाे माग र अापूर्ति व्यवस्थापन धान्ने अवस्था नहुँदा सुख्खा याममा जबरजस्ती लोडसेडिङ गर्नुपर्ने खतरा बढेको हो ।

अहिले सञ्चालनमा रहेको ६६/११ केभी सबस्टेसन ओभर लोड छ । सबस्टेसनमा जडित १८ एमभिएका २ पावर ट्रान्सफर्मर ओभर लोड भएपछि प्राधिकरणले अन्यत्र लोड स्थानान्तरण गरेर आपूर्ति व्यवस्थापन गरिरहेको छ ।

पाटन सबस्टेसनको ५ एमभिए लोड थापाथली र टेकु सबस्टेसनमा सारेर आपूर्ति व्यवस्थापन मिलाइएको प्राधिकरण ग्रिड सञ्चालन विभागका निर्देशक दिर्घायुकुमार श्रेष्ठले बताए । उनका अनुसार अहिले ओभर लोडेड सबस्टेसनको स्तरोन्नति गर्ने प्रक्रिया सुरु गरिएको छ ।

पावर ट्रान्सफर्मरको क्षमता बढाएर ३६ बाट ५४ एमभिए बनाउन लागिएको श्रेष्ठले बताए । १८ एमिभएको नयाँ ट्रान्सफर्मर थप गरेर सबस्टेसनको स्तरोन्नति गर्न लागिएको हो । नयाँ ट्रान्सफर्मर थप गर्न जग तयार गरिएको छ । अबको ३ महिनाभित्र सबस्टेसनमा नयाँ ट्रान्सफर्मर थप गर्ने काम पूरा हुने प्राधिकरणले जनाएको छ ।

पाटन सबस्टेसनको स्तरोन्नति गर्ने प्रक्रिया सुरु भए पनि जिल्लामा नयाँ सबस्टेसन निर्माण गर्न जरुरी देखिएको श्रेष्ठको भनाई छ । ‘भएको सबस्टेसनमा एउटा ट्रान्सफर्मर थप गरेर केही समयका लागि माग व्यवस्थापन गर्न सकिएला,’ उनले ऊर्जा खबरसँग भने,‘दिर्घकालिन व्यवस्थापन गर्न नयाँ लाइन र सबस्टेसन बनाउनु पर्छ । सबस्टेसनको क्षमतामात्रै थप्नाले वितरण लाइनले धान्न सक्दैन ।’

निर्माण अन्तिम चरणमा पुगेर रोकिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन र हरिसिद्धि सबस्टेसन नबन्दा जिल्ला नै अन्धकार हुने गरीकाे संकट बढेकाे छ । ललितपुरको वितरण प्रणाली सुधार गर्न महत्वपूर्ण मानिएको प्रसारण लाइन तथा सबस्टेसन निर्माण अवधि सम्बिँदा यस क्षेत्रमा जबरजस्ती लोडसेडिङ गर्नुपर्ने सम्भावना बढेर गएको प्राधिकरणले बताउँदै आएको छ ।यसकाे असर उपत्यका भरकाे वितरण प्रणालीमा पर्नेछ ।

हरिसिद्धिमा तारमुनी पर्ने जग्गाकाे मुआब्जा विवाद समाधान नहुँदा प्रसारण लाइन र सबस्टेसन निर्माण दशकाैंदेखि राेकिएकाे छ । प्रसारण लाइनकाे २५ प्रतिशत काम बाँकी रहेकाे अवस्थामा निर्माण राेकिएकाे हाे । मुआब्जा विवाद समाधान भए १ वर्षभित्र प्रसारण लाइन र सबस्टेसन निर्माणको काम पूरा गरेर सञ्चालन गर्न सकिने प्राधिकरणको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7