Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४२४ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९४०७ मे.वा. घन्टा
  • भारत : ८४२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०६७३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

गर्मी बढेपछि दिल्लीकाे विद्युत खपत बढ्याे, उच्च माग साढे ७ हजार मेगावाट पुग्ने प्रक्षेपण

सरीता सी सिंह जेठ ०३, २०७६   1036

अन्तर्राष्ट्रिय



दिल्ली- तापक्रम बढेसँगै भारतको दिल्लीमा विद्युत खपत परिमाण पनि बढेको छ । घर चिस्याउने विद्युतीय उपकरणको प्रयोग बढेपछि यो वर्ष गर्मी महिनाभरको विद्युतको उच्च माग बढेर साढे ७ हजार मेगावाट नजिक पुग्ने देखिएको हो ।

गर्मी महिना सुरु भएयता तापक्रम दैनिक उकालो लाग्दा एसी, कुलर, पंखा, फ्रिजलगायत विद्युतीय उपकरणको खपत बढेपछि उच्च माग ७ हजार ४ सय मेगावाट नाघ्ने स्थानीय विद्युत वितरक बिएसइएस राजधानी पावर लिमिटेडले प्रक्षेपण गरेको छ ।

ad

बिएसइएसका अनुसार दक्षिण र पश्चिम दिल्लीको माग ३ हजार २ सय मेगावाट पुग्ने अनुमान छ । गत वर्षको गर्मी यामको उच्च विद्युत खपत ३ हजार ८१ मेगावाट थियो ।

यस्तै, पूर्वि तथा मध्यदिल्लीको माग बढेर १ हजार ६ सय ४० मेगावाट पुग्ने प्रक्षेपण बिएसइएसले गरेको छ । गएको वर्ष यहाँको उच्च माग १ हजार ५ सय ६१ मेगावाट थियो । अन्य क्षेत्रको विद्युत खपतको परिमाण पनि बढेको बिएसइएसले जनाएको छ ।

दिल्ली भरको माग व्यवस्थापन गर्न बिएसइएसले वितरण प्रणालीको स्तरोन्नति गरेको छ । विद्युत खपत गर्ने ग्राहकको संख्या पनि बढेकाले माग र आपूर्ति व्यवस्थापन गर्न ८ अर्ब २५ करोड (भारु) खर्च गरेर ७ सय ५० एमभिए क्षमता थप गरेको बिएसइएसले जनाएको छ ।

६ सय वटा वितरण ट्रान्सफर्मर थप गरेको छ । ६ सय ५० किलोमिटरको भूमिगत वितरण लाइन विस्तार गरेको छ । माग अनुसार विद्युत आपूर्ति गर्न विद्युत उत्पादन तथा प्रसारण कम्पनीसँग समन्वय गर्ने तयारी गरेको छ ।

इकोनोमिक्स टाइम्स इनर्जी वर्ल्डबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="