body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

गुजरातको विद्युत माग १८ हजार मेगावाट पुग्याे

ऊर्जा खबर असोज ०८, २०७५   2566

अन्तर्राष्ट्रिय



काठमाडौं– भारतको गुजरात राज्यमा विद्युतकाे माग १८ हजार २ सय २१ मेगावाट पुगेको छ । अत्याधिक गर्मीका कारण विद्युतीय उपकरणको प्रयोग बढेपछि विद्युतको माग पनि बढेको हो ।

ad

गुजरातमा यो वर्ष पर्याप्त वर्षा नभएका कारण खडेरी लागेकाले कृषकले मोटरबाट खेतमा लगाएको बाली सिँचाई गरिरहेकाले विद्युतको माग बढेर अहिलेसम्मकाे उच्च विन्दुमा पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गत बुधबार १७ हजार ६ सय ५२ मेगावाट रहेकाे माग ५ सय ६९ मेगावाट बढेकाे बताइएको छ ।

नियमित वर्षा नहुँदा खेतीमा त्यसकाे असर देखिन थालेपछि राज्य सरकारले सिँचाईका लागि दैनिक १० घन्टा विद्युत सेवा उपलब्ध गराउँदै आएको छ । यसअघि कृषकले पाउने यो सुविधा ८ घन्टाको थियो ।

गुजरातमा सेप्टेम्बर र अक्टोबर महिनाको विद्युतको सबैभन्दा बढी हुने गरेको छ । वार्षिक १ लाखको दरले विद्युतबाट सिँचाई सुविधा लिने  कृषकको संख्या थपिने गरेको छ ।

सिँचाई क्षेत्रमा विद्युत खपतकाे परिमाण बढेपछि विद्युतको माग उच्च भएको त्यहाँको राज्य सरकारले जनाएको छ । वर्षा नहुँदा तापक्रम बढेर ३९ डिग्री सेल्सियस पुगेको छ । यो सेप्टेम्बर महिनामा मापन गरिएकाे १० वर्ष यताकै उच्च तापक्रम हो ।

टिएनएनबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7
data-href="