विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

लक्ष्मी पूजाको दिन विद्युत माग १२ सय ७० मेगावाट पुग्ने प्रक्षेपण

ऊर्जा खबर कार्तिक १९, २०७५ 4264

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले लक्ष्मी पूजाको दिन अर्थात बुधबार विद्युतको उच्च माग १२ सय ७० मेगावाट पुग्ने अनुमान गरेको छ । काठमाडौं उपत्यकासहित देशभर साँझको समयमा दीपावली गर्न झिलिमिली बत्ती बालिने हुँदा विद्युतको माग बढ्नेछ । यो उद्योगबाहेक ग्राहस्थ उपभोक्ताले खपत गर्ने विद्युत परिमाण हो ।

प्राविधिक समस्या आएका स्थानमा बाहेक देशभर विद्युत कटौती नगरी आपूर्ति नियमित गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार साँझ ६ देखि राती ९ बजेसम्मको उच्च माग १३ सय ५० मेगावाट पुगे पनि आपूर्ति व्यवस्थापन सहज हुनेछ ।

‘वर्षको सबैभन्दा बढी विद्युत माग लक्ष्मी पूजाको दिनमा हुन्छ,’ उनले भने, ‘विगत २ वर्षदेखि तिहारको माग अनुसारको विद्युत आपूर्ति हुँदै आएकाले यो वर्ष पनि समस्या हुनेछैन ।’ निजी क्षेत्रको ५ सय १२ मेगावाट, प्राधिकरणको ५ सय ८ मेगावाट तथा भारतबाट आयातित विद्युतले माग व्यवस्थापन गरिने उनले बताए ।

उच्च माग हुने साँझकाे समयमा आवश्यकता अनुसार कुलेखानी जलाशय सञ्चालन गर्ने प्राधिकरणकाे तयारी छ ।  उपभोक्तामा सचेतनाको स्तर बढेकाले आपूर्ति व्यवस्थापन सहज हुँदै गएको प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="