Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तान्जनियाले स्टिग्लर नदीमा २१ सय मेगावाटको आयोजना बनाउँदै, ६ वर्षभित्र विद्युत उत्पादन १० हजार पुर्याउने

ऊर्जा खबर बैशाख ११, २०७६   3098

अन्तर्राष्ट्रिय



काठमाडौं– तान्जनियाले आगामी ६ वर्षभित्र (सन् २०२५ सम्म) हालको जडित क्षमता बढाएर १० हजार मेगावाट पुर्याउने लक्ष्य राखेको छ । त्यहाँका उपऊर्जा मन्त्री सुबिरा म्गलुले प्रतिनिधिसभामा बोल्ने क्रममा लक्ष्य घोषणा गरेका हुन् ।

पूर्वी अफ्रिकन देश तान्जनियामा ५७ खर्ब क्यूबिक फिट प्राकृतिक ग्यास छ । तर, त्यहाँ आवधिकरूपमा विद्युत कटौती हुँदै आएको छ । विद्युत अभावले उद्योगधन्दा तथा व्यवसाय धराशायी हुँदै गएको भन्दै व्यवसायीहरूले गुनासो गरिरहेका छन् । लगानीकर्ताको पनि उस्तै गुनासो हुने गरेको छ ।

‘विभिन्न खालका प्लान्टहरू विकास गरी राष्ट्रिय प्रणालीमा विद्युत थप गरी सन् २०२५ सम्म १० हजार मेगावाट पुर्याइनेछ,’ उपऊर्जा मन्त्री म्गलुले भने, ‘हालको उत्पादन १ हजार ६ सय २ मेगावाट छ । यो ६ वर्षभित्र ६ गुण बढीले थप हुनेछ ।’

तान्जनियाले उत्पादन बढाउँदै आन्तरिक खपत भएर बचेको विद्युत पूर्वी तथा दक्षिण अफ्रिकी देशमा निर्यात गर्ने योजना बनाएको छ । ‘हामीलाई प्रचुर र भरपर्दौ विद्युत आवश्यक छ । जुन मिश्रित प्रणालीबाट पूर्ति हुनेछ जसमा जलविद्युत, प्राकृतिक ग्यास, सोलार तथा वायुको उपयोग गरिनेछ,’ म्गलुले भने ।

सरकारले गत वर्ष स्टिग्लर नदी (गोर्ज) मा २ हजार १ सय मेगावाटको आयोजना निर्माण गर्न इएल सेवेडी इलेक्ट्रिक कम्पनी तथा अरब कन्ट्रयाक्टरसँग सम्झौता गरेको छ । ३ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको आयोजनाको लागत करिब ३ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ ।

वातावरण संरक्षणविदले आयोजना विश्व सम्पदा सूचीको क्षेत्रमा पर्ने हुँदा विरोध गर्दै आएका छन् । वातावरण, स्थानीय तथा भौगोलिक अवस्थाको समेत व्यवस्थापन गर्नुपर्ने हुँदा आयोजनाको लागत ९ अर्ब ८५ करोड अमेरिकी डलर पुग्न सक्ने स्वतन्त्र अध्ययनकर्ताहरूको आकलन छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="