Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘कुलेखानीको विद्युत भारत निर्यात’

ऊर्जा खबर असार ३१, २०७६   2361

जलविद्युत



काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालकाे विद्युत भारत निर्यात हुन थालेको बताएका छन् । उनले आन्तरिक विद्युत उत्पादनमा वृद्धि भइ रातको समयमा खपत नभइ खेर जाने अवस्थाको विद्युत निर्यात भएको बताएका हुन् ।

‘भारी वर्षापछि सबै जलविद्युतगृह पूर्ण क्षमतामा चलेकाले आन्तरिक उत्पादन बढेको छ,’ उनले भने, ‘रातको समयमा खपत नभएको विद्युत केही दिनदेखि निर्यात भइरहेको छ ।’

ad

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्री पुनले १३२ केभी रक्सौल–परवानीपुर र कुसाहा–कटैया प्रसारण लाइनसहित ७ वटा विन्दुबाट नेपालको विद्युत भारतकाे बिहार गएको बताए । उनका अनुसार शनिबार र आइतबार १ सय ५० मेगावाट तथा सोमबार राति २ सय मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणको प्रसारण प्रणालीबाट बिहारतर्फ निर्यात भएको छ ।

कुलेखानी जलाशयमा पानीको सहत तीव्र गतिमा बढिरहेकाले २४ घन्टा पूर्ण क्षमतामा सञ्चालन गरेर उत्पादन भएको विद्युत बिहार राज्यमा पठाएको पुनले बताए । ‘कुलेखानी क्षेत्रमा बढी वर्षा भएकाले एकै दिनमा ३ मिटरसम्म पानी जलाशयमा भरिएको छ,’ उनले भने, ‘ पानीको बढ्दो अनुपात रोक्न पूर्ण क्षमतामा चलाएर उत्पादन भएको विद्युत रक्सौल–परवानीपुर लाइनबाट निर्यात गरिएकाे छ ।’

नेपालमा बढी भएको विद्युत भारतले किन्ने सहमति भइसकेकाले अहिलेको निर्यात इनर्जी बैंकिङको अभ्यास भएको उनले दाबी गरे । बिहीबारदेखिको भारी वर्षाले प्रसारण तथा वितरण लाइनका संरचनामा क्षति पुगेकाले उत्पादन र खपतको सन्तुलन नमिलेकाले एक रातमा २ सय मेगावाटसम्म विद्युत निर्यात भएको उनको भनाइ छ ।

अहिले ७ वटा विन्दुबाट विद्युत निर्यात भए पनि ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आउने विद्युत नियमित आयात भइरकेको छ । याे विन्दुबाट अहिले प्राधिकरणले दैनिक १ सय ५० देखि १ सय ७० मेगावाटसम्म विद्युत आयात गरिरहेकाे छ ।

अहिले बिहारतर्फ गइरहेको विद्युतको मूल्य प्राधिकरणले तिर्ने मूल्यमा समायोजना हुने गरेको छ । नेपालले किनेकै दरमा प्रतियुनिट ८.८८ रुपैयाँ (भारु ५.५५) मा विद्युत आदान -प्रदान (इनर्जी एक्सचेन्ज) भएको छ ।

ढक्लेबर-मुजफ्फरपुर विन्दुबाट प्राधिकरणले प्रतियुनिट ५.७५ रुपैयाँ (भारु ३.६०) मा भारतको एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) सँग विद्युत खरिद गर्दै आएको छ । यो विन्दुबाट आउने विद्युत भारतका अन्य राज्यबाट आउनेभन्दा सस्तो छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="