body1
advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण :६९०२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९०१३ मे.वा. घन्टा
  • भारत : ४०८० मे.वा. घन्टा
  • ट्रिपिङ : ३०० मे.वा. घन्टा
  • माग : २०२९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सुपर माई आयोजनाबाट परीक्षण उत्पादन सुरु

   असोज २५, २०७५        2682        ऊर्जा खबर

काठमाडौं– ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजनाबाट परीक्षण विद्युत उत्पादन सुरु भएको छ । इलामको माई खोलामा निर्माण सम्पन्न आयोजनाबाट उत्पादन सुरु गरिएको हो ।

२०७३ चैतबाट निर्माण थालेको आयोजना डेढ वर्ष अवधिमा पूरा भएको प्रवर्द्धक सुपर माई हाइड्रो पावर कम्पनीका अध्यक्ष मोहनबिक्रम कार्कीले बताए ।
‘आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन सुरु गरेका छौं,’ उनले ऊर्जा खबरसँग भने,‘प्राधिकरणको प्राविधिक टोलीले राष्ट्रिय प्रसारणमा जोड्ने छ ।’

आयोजनाबाट उत्पादन भएको विद्युत सिंक्रोनाइज गरेर १० किलोमिटर दुरीमा रहेको काबेली कोरिडोरको गोदक सबस्टेसनमा जोड्ने तयारी भइरहेको पनि कार्कीले बताए । यो आयोजनाबाट उत्पादन हुने विद्युत पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले निर्माण गरेको प्रसारण लाइन मार्फत नै गोदक सबस्टेसनमा जोडिनेछ ।
आवश्यक २ वटा टावर निर्माणको काम मात्रै कम्पनी आफैंले गरेको हो ।

१५ दिन परीक्षण उत्पादन गरेपछि आयोजनाबाट व्यवसायिक उत्पादन सुरु गरिनेछ । प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) हुँदा निर्धारत गरेको तालिकाभन्दा २२ महिना अगावै आयोजना पूरा भई उत्पादन सुरु भएको कम्पनीले जनाएको छ ।

आयोजनामा सिभिल संरचना निर्माणको काम भुगोल इन्फ्राइन्ट्रक्चर प्रालिले गरेको छ । हाइड्रो मेकानिकलतर्फ ३ हजार ५ सय मिटर पाइप लाइन जडानको काम डाउन हाइड्रले सम्पन्न गरेको हो । भारतको फ्लोभेल इनर्जी कम्पनीले विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान गरेको हो ।

अनुमानितभन्दा कम लागतमा आयोजना सम्पन्न गरिएको छ । १ अर्ब ५० करोड लागत अनुमान गरिएकामा केही रकम बचत हुने कम्पनीको दाबी छ ।
आयोजनामा सानिमा बैंकको अगुवाईमा सिद्धार्थ, सेन्चुरी र ग्योति विकास बैंकले ऋण लगानी गरेका छन् । बैंकको १ अर्ब १० करोड लगानी छ । ४० करोड स्वपुँजी लगानी छ ।

आयोजना सञ्चालनमा आएपछि कम्पनीले २० प्रतिशत साधारण सेयर निष्कासन गर्ने भएको छ । स्वपुँजी लगानीको १० प्रतिशत आयोजना प्रभावित स्थानीयलाई र १० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएकाे छ । सेयर निष्कासन तथा बाँडफाँड गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7