body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भारतबाट ५२२ मेगावाट विद्युत आयात, देशमा अनियमित लोडसेडिङ बढ्दै

ऊर्जा खबर पुष २८, २०७५   3098

खबर



नेपाल विद्युत प्राधिकरणले शुक्रबार (पुस २७ गते) भारतबाट सबैभन्दा बढी करिब ५ सय २२ मेगावाट विद्युत आयात गरेको छ । यो सम्भवतः चालू वर्षमा आयात गरेमध्ये सबैभन्दा बढी हो ।

ad

प्राधिकरणले आफ्नो वेबसाइटमा प्रकाशित गर्ने गरेको माग र आपूर्तिको तथ्यांकअनुसार देशमा भएको कूल मागमध्ये करिब ५८ प्रतिशत विद्युत भारतबाट आयात भएको छ । तर, पछिल्लो समय आयातित विद्युतको परिमाण ३ सय ५० मेगावाट हाराहारी मात्र रहेको बताउने गरिएको छ ।

उक्त तालिका अनुसार शुक्रबार भारतबाट १२ हजार ५ सय ३० मेगावाट घन्टा विद्युत आयात भएको छ । यसलाई २४ घन्टाभित्र आयात भएको विद्युत मान्ने हो भने करिब ५ सय २२ मेगावाट (५७.९३ प्रतिशत) हुन्छ । यसैगरी, सोही समयमा प्राधिकरणका जलविद्युत केन्द्रबाट ४ हजार ९ सय ७८ मेगावाट घन्टा (करिब २०७.४१ मेगावाट) र स्वदेशी निजी क्षेत्रका आयोजनाबाट ४ हजार १ सय २० मेगावाट घन्टा (१७२ मेगावाट) उत्पादन भएको देखिन्छ ।

वेबसाइटमा शुक्रबार (शनिबार पनि एउटै तथ्यांक छ) प्रकाशित तथ्यांकअनुसार २१ हजार ६ सय २८ मेगावाट घन्टा (करिब हजार मेगावाट) माग रहेको देखिन्छ । यसमध्ये ५८ प्रतिशत (१२५३० मेगावाट घन्टा) भारतबाट र ४२ प्रतिशत (९०९८ मेगावाट घन्टा) देशभित्र उत्पादन भएको छ ।

प्राधिकरणले भारतका बिहार, उत्तर प्रदेश तथा उत्तराखण्डबाट विद्युत आयात गर्दै आएको छ । अहिलेसम्म सबैभन्दा बढी बिहार नाका (विद्युत आदानप्रदान सम्झौता अनुसार) बढी विद्युत किन्ने गरेको छ । यसपछि ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुन्छ । बाँकी करिब ४० मेगावाट टनकपुरबाट ल्याइन्छ ।

प्राधिकरणका अनुसार देशमा अहिलेसम्म करिब १ हजार १ सय मेगावाटबराबरको जडित क्षमता छ । यसमध्ये ५३ मेगावाटको थर्मल प्लान्ट छ । र, करिब ५ सय २० मेगावाट निजी क्षेत्रले उत्पादन गरेको छ ।

हजार वा ११ सय मेगावाटको जडित क्षमता भए पनि हिउँदको उत्पादन करिब ३ सय ८० मेगावाटमात्र हुन्छ । यसो हुँदा माग पूरा गर्न विद्युत आयात गर्नु विकल्पभन्दा बाध्याता हो । तर, प्राधिकरणले बोल्ने र लेख्ने तथ्यांक सधैं फरक हुने गरेको छ ।

हजार मेगावाटको माग पूरा गर्न ठूलो परिमाणमा विद्युत आयात गरे पनि देशमा नियमित आपूर्ति हुन सकेको छैन । पछिल्ला केही दिनयता उपत्याकामा दिनहुँजसो विद्युत काटिने गरेको छ । यसो त प्राधिकरणले केही समयअघि अनियमितरूपमा विद्युत काटिने सूचना जारी गरेर सर्वसाधारणको गुनासो तथा आरोपबाट जोगिने प्रयास गरेको छ ।

उपत्याका बाहिर तथा औद्योगिक क्षेत्रमा पनि अनियमित विद्युत कटौतीको समस्या बढिरहेको छ । उपत्याकाभित्रको वितरण प्रणाली अस्तव्यस्त छ । सामान्य हावा–हुरी र पानी पर्दासमेत तार चुड्ने, ट्रान्सफर्मर पड्किने र आगो लाग्ने समस्या दोहोरिन्छन् । यी समस्या टालटुल पारेर काम चलाउने गरिएको छ ।

कुलमान घिसिङले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको करिब साढे २ वर्ष भयो । तर, विग्रँदो प्रणाली सुधारमा उल्लेखनीय काम हुन सकेको छैन । उनलाई लोडसेडिङ अन्त्य गरेको जस लिन, पुरस्कार थाप्न र सम्मान ओढ्न भ्याइनभ्याइ छ । देशैभरको वितरण प्रणाली टालटुल पारेर काम चलाए पनि दिगोपनमा प्राधिकरण तथा घिसिङको समूहले काम गर्न सकेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7
data-href="