Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एक वर्षभित्र प्रदेश-३ मा साढे ८ सय मेगावाट बढी विद्युत उत्पादन हुने, ४१ आयोजना निर्माणाधीन

ऊर्जा खबर जेठ ०६, २०७६   1970

खबर



काठमाडौं- प्रदेश–३ मा अबको एक वर्षभित्र साढे ८ सय मेगावाट विद्युत उत्पादन हुने भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसीसहितका आयोजनाबाट विद्युत उत्पादन भइ राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

प्रदेश-३ का दोलखा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोटलगायत जिल्लामा निर्माणाधीन २० आयोजनाबाट विद्युत उत्पादन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार प्रदेश-३ मा अहिले १ हजार ४ सय ५८ मेगावाटका ४१ आयोजना निर्माणाधीन छन् ।

आगामी आर्थिक वर्षमा प्रणालीमा जोडिने साढे ११ सय मेगावाटमध्ये करिब ८ सय ६० मेगावाट बराबरको विद्युत प्रदेश-३ मा निर्माणाधीन आयोजनाको हुनेछ । प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भइ निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, ४० मेगावाटको खानीखोला–१, २२.२ मेगावाटको माथिल्लो चाकु ए, १२ मेगावाटको माथिल्लो खिम्ती, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२ मेगावाटको सान्जेनले विद्युत उत्पादन गर्दैछन् ।

यस्तै, १ सय ११ मेगावाटको रसुवागढी, ३ मेगावाटको गेलुङखोला, २५ मेगावाटको सिंगटी, ११ मेगावाटको तल्लो खारेखोला, ३० मेगावाटको खानीखोला, २४ मेगावाटको खारेखोला, ५ मेगावाटको घट्टेखोला, ५ मेगावाटको तल्लो तादी, २.५ मेगावाटको सलाखु खोला, ८.५ मेगावाटकोले पनि विद्युत उत्पादन गर्दैछन् ।

५ मेगावाटको ताली खोला, १ मेगावाटको तिनेखु खोला, ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’, ७ मेगावाटको माथिल्लो खिम्ती–२, १४.४ मेगावाटको माथिल्लो मैलुङ, ६.४ मेगावाटको माथिल्लो मैलुङ ‘ए’ छुलेपु खोला, ५ मेगावाटको चाउरी खोलालगायत आयोजनाको विद्युत प्रणालीमा जोडिने प्राधिकरणले जनाएको छ ।

आउने २ देखि ३ वर्षभित्र सम्पन्न हुने लक्ष्यसहित २१ आयोजना निर्माणाधीन छन् । निर्माणाधीन आयोजनामा ५२.४ मेगावाटको लिखु-५, १०२ मेगावाटको मध्यभोटेकोसी, ०.७५ मेगावाटको माथिल्लो बेल्खु, ११ मेगावाटको माथिल्लो तादी, ०.९९ मेगावाटको सेलाङखोला छन् ।

यस्तै, १०.६ मेगावाटको बलेफी-ए, १३.७ मेगावाटको फलाखु खोला, २४.२ मेगावाटको लिखुखोला ए, ५१.४ मेगावाटको लिखु-१, ३३.४ मेगावाटको लिखु-२,४८.८ मेगावाटको खिम्ती-२, ३६ मेगावाटको माथिल्लो बलेफी ए, २० मेगावाटको लाङटाङ खोला, ३४ मेगावाटको आखुखोला तथा २८.१ मेगावाटको तल्लो लिखु आयोजना निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।

३ मेगावाटको सानो मिल्ती, ५ मेगावाटको फलाँकु खोला, ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी, ०.९९७ मेगावाटको हाँडिखोला सुनकोसी ए, ५२ मेगावाटको माथिल्लो लाप्चे, ४१.४ मेगावाटको माथिल्लो न्यासेम पनि स्वदेशी लगानीमा निर्माणाधीन आयोजना हुन् ।

प्रदेश-३ को ७८ प्रतिशत घरधुरीमा विद्युत सेवा पुगेको छ । यस प्रदेशमा अहिले सञ्चालनमा रहेका २७ जलविद्युगृहबाट २ सय ७६ मेगावाट विद्युत उत्पादन भइरहेको छ । १४ मेगावाटकाे कुलेखानी तेस्राे र ६० मेगावाटकाे माथिल्लाे त्रिशूली ३ ए काे विद्युत थपिने क्रममा छ । प्राधिकरणले निर्माण गरेका दुवै आयोजना परीक्षणकाे चरणमा छन् ।

प्रदेशका रसुवा, धादिङ, नुवाकोट, नुवाकोट, दोलखा, रामेछाप मकवानपुर, सिन्धुपाल्चोक, ललितपुर जलविद्युतका लागि सम्भावित जिल्ला हुन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="