Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मोदी सबस्टेसनको विद्युत सेवा २३ घण्टा अवरुद्ध

ऊर्जा खबर चैत ०१, २०७५   324

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले मोदी सबस्टेसनको विद्युत सेवा २३ घण्टा बन्द गर्ने भएको छ । मोदीखोला जलविद्युत केन्द्र डिमुवा, पर्वतमा रहेको १५ एमभीएको पावर ट्रान्सफर्मर स्तरोन्नति गरी ३० एमभिए क्षमताको बनाउनका लागि सेवा बन्द गर्न लागिएको हो ।

मोदी सबस्टेसनबाट वितरण हुने पर्वत, बाग्लुङ र म्याग्दी तर्फको ३३ केभी फिडरबाट प्रसारण हुने विद्युत सेवा शनिबार (भोली २ गते) बिहान ७ बजेदेखि अवरुद्ध हुने वितरण कन्द्रले जनाएको छ । अवरुद्ध विद्युत आइतबार(पर्सी ३ गते) साँझ ६ बजेबाट सुचारु हुनेछ ।

ad

विद्युत सेवा बन्द हुँदा यी फिडरबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस