Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

निजी क्षेत्रले उत्पादन गरेकाे विद्युत भारत र बंगलादेश पुर्याउने प्रयास

ऊर्जा खबर मङि्सर ०२, २०७६   2102

खबर



काठमाडौं । राजधानीमा बिहीबारदेखि सुरु हुने सातौं ऊर्जा सम्मेलन (पावर समिट) मा निजी क्षेत्रले उत्पादन गर्ने विद्युतको क्षेत्रीय बजार खोज्न छलफल हुने भएको छ । अबको ३ वर्षभित्र प्रणालीमा ५ हजार मेगावाट विद्युत थपिन लागेकाले भारत, बंगालादेशलगायत देशमा विद्युत निर्यात गर्न सकिने सबै सम्भावनाबारे  छलफल गर्न लागिएको हो ।

देशभित्र खपत नहुने विद्युतको बजार व्यवस्थापन गर्न छिमेकी देशहरूसँग ‘क्षेत्रीय ग्रिड कनेक्टिभिटी’ गरेर विद्युत व्यापार गर्नेबारे जोडदार छलफल तथा बहस हुने आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए । सम्मेलनमा विद्युतको बजार, व्यापार तथा लगानीको विषय एकसाथ उठाउने उनले बताए ।

ad

‘यसअघिका सम्मेलन जलविद्युतमा लगानी भित्र्याउनेबारे मात्रै छलफल हुन्थ्यो,’ उनले भने, ‘यसपटक विद्युतको बाह्य बजार टुङ्गो लगाउने पहल  सम्मेलनमार्फत गर्छौं ।’ सम्मेलनमा आयोजना हुने विद्युत व्यापार र लगानीका सम्बन्धमा पनि छलफल हुने उनले बताए ।

इपान उपाध्यक्ष कुमार पाण्डेले निजी क्षेत्रको विद्युत बजार सुनिश्चित गर्न ८ महिना लगाएर सम्मेलनको तयारी गरेको बताए । उनले निजी क्षेत्रले उत्पादन गर्ने विद्युतको बजारको टुङ्गो लाग्दामात्रै जलविद्युतमा थप लगानी भित्रने बताए । भारत, बंगालादेश, भुटानलगायत देशका सरकारी प्रतिनिधि सम्मेलनमा सहभागी हुन आउन लागेकाले क्षेत्रीय बजारसम्म पहुँच पुर्याउने आधार सम्मेलनले बनाउन सक्नेमा उनले विश्वास व्यक्त गरे ।

महासचिव आषिश गर्गले विद्युत व्यापार सम्मेलनमा ७० जना विभिन्न देशको प्रतिनिधित्व गर्ने ७० जना वक्ताले धारणा राख्ने बताए । हरेक सत्रमा उठेका विषयमा सोही दिन सरोकारवालासँग वृहत छलफल गरिने पनि उनले बताए ।

‘अब उत्पादन हुने विद्युत कहाँ लगेर बिक्री गर्ने भन्ने टुङ्गो छैन,’ उनले भने, ‘क्षेत्रीय बजारसम्म पहुँच पुर्याउन राज्यले अग्रसरता देखाउनु पर्छ । देशभित्र पनि विद्युत व्यापार गर्ने कम्पनीहरू खोल्नु पर्छ ।’ सँगसँगै जलविद्युतमा भारत र बंगालादेशको लगानी पनि भित्र्याउनु पर्नेमा उनले जोड दिए ।

मंसिर ५ र ६ गते (नोभेम्बर २१ र २२)  सम्मेलन तयारी पूरा भएकाे इपानले जनाएकाे छ । इपानले साेमबार पत्रकार तेस्राे पत्रकार सम्मेलन गरेर सम्मेलनबारे जानकारी दिएकाे हाे । २ दिने सम्मेलनमा विभिन्न देशका ७ सयभन्दा बढीले सहभािगता जनाउँदैछन् । भारतका जलस्राेत मन्त्री गजेन्द्र सिंह शेखावत र बंगलादेशका ऊर्जा, विद्युत तथा खनिज राज्यमन्त्री नसरुल हमिद सम्मेलनमा सहभागी हुँदैछन् ।

‘पाउरिङ द एसियन सेन्चुरी’ भन्ने नाराका साथ सुरु हुन लागेको सम्मेलनमा भारत र बंगलादेशबाट बढी सहभागिता हुने अपेक्षा गरिएकाे छ । इपानका अनुसार भारतबाट एक सय र बंगलादेशबाट ५० जना सहभागी हुने पक्का भएको छ । छिमेकी राष्ट्रसँगै भुटान, नर्वे, दक्षिण कोरिया, क्यानडा, बेलायत, अमेरिका, जापान र नेदरल्याण्डका लगानीकर्ताको सहभागिता रहने इपानले उल्लेख गरेकाे छ ।

सम्मेलनमा नेपाल र विदेशी सहभागीकाे संख्या ५०/५० प्रतिशत हुने अनुमान छ । विदेशी सहभागीमध्ये ७५ प्रतिशत भारत र बंगलादेशबाट आउने इपानले दाबी गरेकाे छ । इपानकाे अग्रसरतामा हुन लागेकाे यो सातौं सम्मेलन हो । इपानको पहलमा ‘सूर्यास्तसम्म १० हजार मेगावाट’ नारा राखेर सन् २०१६ मा छैटौं सम्मेलन भएको थियो । यसअघि सन २००६, २००७, २००८, २०१२ र २०१३ मा पनि सम्मेलन गरिएको थियो ।

सन् २००६ र ०७ मा भएको सम्मेलनले ‘जलविद्युतमा लगानीको अवसर’ भन्ने मुद्दालाई प्राथमिकता दिएको थियो । सन् २००८ को सम्मेलन आयोजना निर्माण तथा विद्युत उत्पादन गर्नुपर्नेमा केन्द्रित रह्यो ।

यसैगरी, सन २०१२ को सम्मेलनले स्वदेशी र विदेशी लगानीकर्ताबीचको सम्बन्ध तथा लगानी आदानप्रदानमा जोड दिएको थियो । सन २०१३ को सम्मेलनमा ‘जलविद्युत उत्पादनमा हतार’ भन्ने नारा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="