Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ऊर्जा सम्मेलनका क्रममा लगानी तथा व्यापारसँग सम्बन्धित ८ सम्झौता हुने

ऊर्जा सम्मेलन मङि्सर ०२, २०७६   1187

खबर



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को अग्रसरतामा यही मंसिर ५ र ६ गते राजधानीमा हुन लागेको सातौं ऊर्जा सम्मेलनमा ८ वटा सम्झौतामा हस्ताक्षर हुने भएको छ । सातौं संस्करणको सम्मेलनमा विभिन्न कम्पनी, लगानीकर्ता वित्तीय संस्था तथा विकास साझेदार संस्थाबीच सम्झौतामा हुन लागेको हो । इपानले साेमबार पत्रकार सम्मेलन आयोजना गरेर सम्मेलनमा हुने सम्झाैताबारे जानकारी दिएकाे हाे ।

बैंकहरूसँग मिलेर जलविद्युतमा ऋण लगानी गर्दै आएको ‘हाइड्रो पावर इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) र ३० हजार मेगावाट विद्युत उत्पादनको इतिहास भएको भारतको नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन (एनएचपिसी) बीच सम्झौता हुने इपान महासचिव आषिश गर्गले बताए ।

ad

उनका अनुसार जलविद्युतमा लगानी गर्न एचआइडिसिएल र एनएचपिसीबीच सम्झौता हुन लागेको हो । भारतीय लगानीमा ९ सय मेगावाटको अरुण तेस्रो आयोजना निर्माणमा गएपछि एनएचपिसीले नेपालको जलविद्युतमा लगानीका लागि इच्छा देखाएर एचआइडिसिएलसँग सम्झौता गर्न लागेको उनले बताए ।

यस्तै, नेपाल पावर एक्सचेन्ज र इन्डियन इनर्जी एक्सचेन्ज कम्पनी लिमिटेडबीच पनि सम्झौतामा हस्ताक्षर हुने भएको छ । दुई देशबीच निजी क्षेत्रबाटै विद्युतको व्यापार अघि बढाउन भारतीय कम्पनीसँग सम्झौता गरिने गर्गले बताए । विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्तीय कर्पोरेशन (आइएफसी) र इपानबीच अर्को सम्झौता हुँदैछ । ऊर्जा क्षेत्रमा महिला सहभागिताका लागि आर्थिक तथा प्राविधिक सहयोग पुर्याउन यो सम्झौता गर्न लागिएको हो ।

९ सय मेगावाटको माथिल्लो कर्णालीको प्रवर्द्धक जिएमआर र बंगालादेशबीच विद्युत आयात निर्यात गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर हुँदैछ । माथिल्लो कर्णालीको विद्युत खरिद गर्न बंगालादेश सहमत भइसकेकाले यस सम्बन्धि सम्झौतामा सम्मेलनमा हस्ताक्षर हुन लागेको गर्गले जानकारी दिए । यस्तै, अर्को सम्झौता बैंकर्स एशोसिएशन नेपाल र नेदरल्याण्ड विकास बैंक (डच डेभलपमेन्ट बैंक) बीच हुँदैछ । विदेशी बैंकसँग सहकार्यमा नेपालको जलविद्युतमा लगानी भित्र्याउने गरी सम्झौता गर्न लागिएको हो ।

जलविद्युतमा वातावरण तथा सामाजिक जोखिम न्युनिकरण सम्बन्धि सम्झौतामा पनि हस्ताक्षर हुने भएको छ । जलवायु परिवर्तनको असर न्युनिकरणको विषय विश्व व्यापीरूपमा उठिरहेकाले जलविद्युत आयोजना निर्माण गर्दा हुने जोखिम घटाउन सम्झौता गरिने उनले बताए ।

यसैगरी, लगानी बोर्ड र पावर चाइना, जापानी सहयोग नियोग (जाइका) र माथिल्लो मर्स्याङ्दी आयोजनालगायतको सम्झौतामा हस्ताक्षर हुने इपानले जनाएको छ । लगानी बोेर्ड र पावर चाइनाबीच तमोर जलाशय तथा जाइकासँग ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी आयोजना विकास गर्न सम्झौता हुनेछ । २ दिनसम्म चल्ने सम्मेलनमा विविध विषयमा १० वटा छलफल तथा बहसका कार्यक्रम गरिने भएको छ । सम्मेलन अवधिभर ७० जना वक्ताले धारणा राख्ने इपानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस