Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

इन्धनबाट चल्नेभन्दा विद्युतीय सवारी सस्तो र दिगो हुन्छ:  दिक्षित

ऊर्जा खबर मङि्सर ०६, २०७६   2561

खबर



काठमाडौं । साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणी दिक्षितले विद्युती सवारी इन्धनबाट चल्नेभन्दा दिगो र भरपर्दो हुने बताएका छन् । राजधानीमा जारी सातौं ऊर्जा सम्मेलनको सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

विद्युतबाट चार्ज हुने ब्याट्रीबाट चल्ने हुँदा यस्ता सवारी वातावरणमैत्री हुने उनले बताए । ‘विद्युतीय सवारीले धुवाँ नफाल्ने हुँदा प्रदुषण कम हुन्छ,’ उनले भने, ‘ध्वनी प्रदुषण पनि कम हुन्छ ।’  उनले अहिले सञ्चालित ७० प्रतिशत बढी सवारी इन्धनबाट चल्ने भएकाले प्रदुषण बढेको बताए ।

ad

बढ्दो प्रदुषण न्युनीकरण गर्नकै लागि सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गरिरहेको उनले बताए । साझा यातायातले ३ सय विद्युतीय बस सञ्चालन गर्न सरकारबाट अनुमती पाएको पनि उनले बताए ।

कन्साइ पावर जापानका महाप्रबन्धक मिचियाकी मास्टुमुराले नेपालमा जलाशय जलविद्ययुत आयोजनाको निर्माणमा ठूलो लगानी आवश्यक पर्ने बताए । जलविद्युत आयोजनाको विद्युत खरिद दर (पिपिए) मोडालिटीबारे प्रस्तुती दिएका उनले तमोर, उत्तरगंगा, दूधकोसी, नलसिंहगाडलगायत आयोजनामा धेरै लगानी चाहिने बताए ।

वैदेशिक लगानीमा निर्माण हुने जलाशय आयोजनामा हुने लगानी जोखिम न्युनिकरण गर्न ‘हेजिङ फण्ड’को व्यवस्था हुनेपर्नेमा उनले जोड दिए । यस्तो जोखिम न्युनिकरण गर्न नेपाल सरकारले हेजिङ फण्डका लागि काम गरिसकेकाले लगानी सुरक्षित हुने बताए ।

नेशनल हाइड्रो इलेक्ड्रो इलेक्ट्रिक पावर कर्पोरेशन लिमिटेड (एनएचपिसी) का कार्यकारी निर्देशक अजयकुमार सिंहले भारतमा जलविद्युत विकासमा लगानी गरेर विद्युत उत्पादन गरिहेको बताए । उनले ७ हजार ७१ मेगावाटका आयोजनामा लगानी गरिसकेको बताए ।

एनएचपिसीको लगानीमा निर्माण भएका २४ जलविद्युतगृह अहिले सञ्चालनमा रहेको जानकारी सिंहले सम्मेलनमा दिए । करिब ५ हजार मेगावाटका आयोजना निर्माणाधीन रहेको बताए ।

काठमाडौं विश्व विद्यालयका प्राध्यापक हरिप्रसाद न्यौपानेले जलविद्युतगृहमा जडान हुने टर्बाइनको परीक्षण गर्ने राम्रो ल्याब नहुँदा समस्या हुने गरेको बताए । परीक्षण ल्याब नभएकै कारण प्रवद्र्धकले समस्याग्रस्त टर्बाइन विदेश लगेर समस्या पहिचान गर्दा खर्चिलो हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="