body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युत उत्पादनमा निजी क्षेत्रको फड्को, उत्पादन ५ सय २० मेगावाट पुग्याे

ऊर्जा खबर पुष २५, २०७५   3162

खबर



काठमाडौं– निजी क्षेत्रले जलविद्युत उत्पादन ५ सय २० मेगावाट पुर्याएको छ । जलविद्युत आयोजना निर्माण गर्न सुरु गरेको २६ वर्षमा निजी क्षेत्रले यो फड्को मारेको हो ।

ad

कुल जडित क्षमतामध्ये सरकार वा नेपाल विद्युत प्राधिकरणको उत्पादन ४ सय ९६ मेगावाट छ । यसमा ५३.४१ मेगावाटका २ थर्मल प्लान्टबाट उत्पादन हुने विद्युत जोडिएको छैन ।

२०७४ मंसिरमा प्राधिकरण समान ४ सय ७८ मेगावाट पुर्याएको निजी क्षेत्रले निर्धाणाधीन आयोजनाको विद्युत थपिएसँगै विद्युत उत्पादनमा सरकारलाई उछिनेको हो । अहिले निजी क्षेत्रले निर्माण गरेका ७६ जलविद्युतगृहले विद्युत उत्पादन गरिरहेका छन् ।

यस्तै, प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेका २ हजार ५ सय १ मेगावाट बराबरका १ सय १४ आयोजना निर्माणाधीन छन् । यी मध्ये ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित ७ सय ५६ मेगावाटका १८ आयोजनाको विद्युत आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रणालीमा थपिँदैछ । ८ मेगावाटको माथिल्लो नौगाड, ८.८ मेगावाटको रुदीखोला ‘ए’, ९.९ मेगावाटको इवा खोला, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको तल्लो हेवा र २० मेगावाटको तल्लो मोदीबाट निर्माण अन्तिम चरणमा पुगेका आयोजना हुन् ।

यस्तै,४० मेगावाटको खानीखोला–१, २७ मेगावाटको दोर्दीखोला, २३.५ मेगावाटको सोलुखोला र २२.२ मेगावाटको माथिल्लो चाकुको विद्युत चालु आवमा थपिंदैछ । २५ मेगावाटको दोर्दी ‘ए’, २२ मेगावाटको बागमती, १८ मेगावाटको माथिल्लो सोलु र १४.८ मेगावाटको माथिल्लो सान्जेनको विद्युत पनि एक वर्षभित्र प्रणालीमा जोडिने भएको छ । ६.४२ मेगावाटको माथिल्लो मैलुङ ‘ए’, ३.३३ मेगावाटको कापडीगाड र ३.२ मेगावाटको गेलुङखोलाले केही महिनामा विद्युत उत्पादन सुरु गर्दैछन् ।

निजी क्षेत्रका आयोजनाको विद्युत थपिँदै गए पनि प्राधिकरणले निर्माण गरिरहेका १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ को निर्माणमा भइरहेको ढिलाइले उत्पादन अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7
data-href="