Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अपि पावर कम्पनीको खुद नाफा ७ करोड ७३ लाख

ऊर्जा खबर भदौ ०२, २०७६   286

खबर



काठमाडौं– अपि पावर कम्पनीले करिब ७ करोड ७३ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक अवधि सकिँदासम्ममा यो मुनाफा आर्जन गरेको हो ।

कम्पनीले आर्जन गरेको मुनाफा अघिल्लो वर्षको तुलनामा करिब १ करोड ९५ लाख ८३ हजार रुपैयाँले बढी हो । कम्पनीले अघिल्लो वर्ष ५ करोड ७७ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

ad

कम्पनीको चौथो त्रैमासको वित्तीय विवरण अनुसार विद्युत बिक्रीबाट करिब १७ करोड ८७ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष करिब १२ करोड ७८ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीले अन्य शिर्षकबाट पनि ८१ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

आँखुखोला हाइड्रोपावर ३ करोड ३४ लाख घाटामा

आँखुखोला हाइड्रोपावर कम्पनी करिब ३ करोड ३४ लाख ३२ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्ष करिब २ करोड ६ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको कम्पनी आर्थिक वर्ष २०७५÷७६ को चौथो त्रैमासिकसम्ममा घाटामा रहेको हो ।

कम्पनीले विद्युत बिक्रीबाट करिब २० करोड ४४ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष करिब २० करोड २३ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले अन्य शिर्षकबाट पनि २ करोड ६६ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ ।

खानी खोला हाइड्रोपावर पनि १४ करोड ६९ लाख घाटामा

खानी खोला हाइड्रोपावर कम्पनी करिब १८ करोड ६९ लाख २३ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्ष करिब १५ करोड ९५ लाख ३४ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले करिब १ करोड २६ लाख ११ हजार रुपैयाँले नोक्सान घटाएको हो ।

कम्पनीले अन्य शिर्षकबाट ३४ लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष ९ हजार ९ सय ८२ रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस