Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अरुण भ्यालीले ५ करोड ३२ लाख खुद नाफा कमायो

ऊर्जा खबर श्रावण २८, २०७६   339

खबर



काठमाडौं– अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५ करोड ३२ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको चौथो त्रैमाससम्मको अवधिमा यो मुनाफा आर्जन गरेको हो ।

ad

आर्जन गरेको मुनाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ३ करोड १९ लाख २३ हजार रुपैयाँले बढी भएको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो वर्ष २ करोड १३ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको चौथो त्रैमासको वित्तीय विवरणअनुसार विद्युत बिक्रीबाट ५ करोड ४७ लाख ७३ हजार रुपैयाँ आम्दानी भएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २७ लाख १३ हजाररुपैयाँले बढी हो ।

अन्य शिर्षकबाट पनि कम्पनीले ४ करोड २२ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ । अन्य शिर्षकको अघिल्लो वर्षको आम्दानी १ करोड ८९ लाख ९१ हजार थियो ।

कम्पनीले संखुवासभामा निर्माण गरेकाे ३ मेगावाटको पिलुवा खोला जलविद्युत केन्द्र सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="