Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कालिका पावर कम्पनीले ९ महिनामा १२ करोड ५३ लाख खुद नाफा कमायो

ऊर्जा खबर बैशाख ३१, २०७६   597

खबर



काठमाडौं– कालिका पावर कम्पनी लिमिटेडले ९ महिना अवधिमा १२ करोड ५२ लाख ९४ हजार खुद नाफा कमाएको छ । कम्पनीले चालुवर्ष २०७५/७६ को चैत्र सम्ममा यो मुनाफा कमाएको हो ।

कम्पनीले आर्जन गरेको मुनाफा गत वर्षको यही अवधिको तुलनामा ७२ लाख ३६ हजारले बढी हो । कम्पनीका अनुसार गत वर्ष ११ करोड ८० लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन भएको थियो ।

कम्पनीले आयकर पछिको पनि २ करोड ३३ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको तुलनामा १ करोड २१ लाख ८ हजारले बढी हो ।

कम्पनीको तेस्रो चौमासीक वित्तिय विवरण अनुसार विद्युत बिक्री बाट १३ करोड ६२ लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १ करोड १२ लाख ९ हजारले बढी हो ।

कम्पनीको गोरखाको मुच्चोकमा ६ मेगावाटको दरौदी ‘ए’ जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="