Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रैराङ हाइड्रोपावरले ११ लाख खुद नाफा कमायो

ऊर्जा खबर जेठ ०१, २०७६   248

खबर



काठमाडौं– रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले ११ लाख ८ हजार खुद नाफा कमाएको छ । कम्पनीले चालु वर्ष २०७५/७६ चैत्र सम्मको अवधिमा यो मुनाफा कमाएको हो ।

कम्पनीले आर्जन गरेको मुनाफा गत वर्षको तुलनामा १६  लाख ८० हजारले कम हो । विद्युत बिक्रीबाट १० लाख ९१ हजार आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १ लाख ६२ हजारले कम हो ।

यसैगरी, कम्पनीले घरभाडाबाट ७ लाख ७६ हजार आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ७७ हजारले बढी हो ।

कम्पनीले ताप्लेजुङ र पाँचथरको सीमानामा निर्माण गरेको ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजनाको संरचना परीक्षण चलिरहेको छ । आयोजनाबाट आगामी असारमा मात्र विद्युत उत्पादन सुरु हुने भएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत जोडिने काबेली कोरिडोर प्रसारण लाइनको तेस्रो खण्ड पूरा भई नसकेकाले असारबाट मात्रै विद्युत उत्पादन सुरु गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="