Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२६ सय मेगावाटका आयोजना निर्माणाधीन, चालू वर्ष साढे ११ सय मेगावाट उत्पादन थपिने

ऊर्जा खबर भदौ ०६, २०७६   4754

जलविद्युत



काठमाडौं- निजी लगानीमा २६ सय १३ मेगावाटका जलविद्युत आयोजना निर्माण भइरहेका छन् । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित विभिन्न जिल्लाामा १ सय २० आयोजना निर्माण भइरहेका हुन् ।

निर्माणाधीनमध्ये १ हजार १ सय ५० मेगावाटका ४३ जलविद्युत आयोजनाले चालू वर्षभित्र विद्युत उत्पादन सुरु गर्न लागेको नेपाल विद्युत प्राधिकरणकाे वार्षिक तथ्याङ्कमा जनाइएकाे छ । प्राधिकरणका अनुसार चालू वर्षमा तामाकोसीसहित चिलिमेका सहायक कम्पनीले निर्माण गरिरहेका १ सय ६८ मेगावाटका ३ आयोजना (१ सय ११ मेगावाट रसुवागढी, ४२.५ मेगावाट सान्जेन, र १४.८ मेगावाट माथिल्लो सान्जेन ) पनि सम्पन्न भई विद्युत उत्पादन सुरु गर्दैछन् ।

ad

चालू वर्षमा प्रसारण प्रणालीमा थपिने गरी निर्माण भइरहेका आयोजनामा ५ मेगावाटको चौरीखोला, ८.५२ मेगावाटको चुलेपु खोला, २५ मेगावाटको म्याग्दी दरबाङ, ५ मेगावाटको घलेम्दी। ५ मेगावाटको घट्टे खोला, १ मेगावाटको इदी खोला, १ मेगावाटकै जेउलीगाड र ३० मेगावाटको खानीखोला जलविद्युत आयोजना छन् ।

२४.१० मेगावाटको खारेखोला, ४.८ मेगावाटको खोरुङ्गाखोला, ८२ मेगावाटको तल्लो सोलु, २३ मेगावाटको सोलुखोला, ५ मेगावाटको तल्लो तादी, ३.१ को मध्य मिदिम, ४२ मेगावाटको मिस्त्री खोला, ११.८ मेगावाटको नामर्जुन मादी, २५ मेगावाटको सिंगटी, ७.५ मेगावाटको माथिल्लो खोरुङ्गाखोला, ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’, ४० मेगावाटको खानीखोला–१, ११ मेगावाटको खारेखोलालगायत जलविद्युत आयोजना पनि चालू वर्षमा सम्पन्न हुने गरी निर्माणाधीन छन् ।

निर्माणाधीन जलविद्युत आयोजनाबाट चालू वर्षमा इतिहासमै सबैभन्दा बढी विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिन लागेको प्राधिकरणले बताउँदै आएको छ । चालू वर्ष प्रक्षेपण गरेको सबै आयोजनाको विद्युत थपिँदा प्रणालीमा जडित क्षमता दोब्बर पुग्ने प्राधिकरणले जनाएको छ ।
निर्माणाधीन अन्य आयोजना पनि २०७७ भित्र निर्माण सम्पन्न हुँदैछन् ।

प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न गरेर १ सय ३७ आयोजना निर्माणमा प्रवेश गर्ने तयारीमा छन् । निर्माणमा जाने तयारीका यी आयोजनाको जडित क्षमता २ हजार ८ सय ६९ मेगावाट छ । पिपिए सम्पन्न भई निर्माण प्रवेशको प्रक्रियामा रहेका यी आयोजनाले २०८० सालभित्र सम्पन्न गरेर विद्युत उत्पादन सुरु गर्नेछन् ।

अहिले निजी क्षेत्रले निर्माण गरेका ८४ जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । यी आयोजनाको जडित क्षमता ५ सय ८२ मेगावाट छ । यो सरकारी स्वामित्वको विद्युत प्राधिकरणकोभन्दा बढी हो ।

प्रतिक्रिया दिनुहोस