Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तमोर र दूधकोसी प्रदेश-१ को प्राथमिकता, २ सय मेगावाट साेलार अघि बढाइने

ऊर्जा खबर असार ०२, २०७६   1909

खबर



काठमाडौं- प्रदेश-१ सरकारले राष्ट्रिय गौरवका तमोर जलाशय र दूधकोसी जलविद्युत आयोजना विकासलाई उच्च प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सम्बोधन गर्दै यी आयोजनालाई प्राथमिकतामा राखेको हो ।

७ सय ६२ मेगावाटको तमोर जलाशय र ८ सय मेगावाटको दूधकोसी आयोजना संघीय सरकारसँगको सहकार्यमा अघि बढाउने प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्दाम्बेले बजेट भाषणमा बताए । उनले तमोर चिसाङ्ग डाइभर्सन बहुउद्देश्यीय जलाशय आयोजना पनि संघीय सरकारसँगको सहकार्यमा अघि बढाउने बताए ।

सबै ग्रामीण बस्तीमा विद्युतको पहुँच पुर्याउन जनताको पुँजी एकिकृत गरी साना जलविद्युत आयोजना प्रदेशले नै निर्माण गर्ने प्रक्रियाको थालनी आगामी आवबाट गर्ने बजेट भाषणमा उल्लेख छ ।

यसैगरी, निजी क्षेत्रसँगको सहकार्यमा २ सय मेगावाटका साैर्य  विद्युत आयोजना अघि बढाउन बजेट छुट्याइएको छ । निजी क्षेत्रसँग मिलेर निर्माण गर्ने साैर्य विद्युत आयोजनाले उत्पादन गर्ने विद्युत वितरण प्रणालीमा जाेड्ने प्रदेश सरकारको लक्ष्य छ ।

केन्द्रीय प्रणालीको पहुँच नपुगेका दुर्गम गाउँमा सौर्य ऊर्जा प्रणाली जडान गर्ने परिवारलाई उपकरण खरिदमा अनुदान दिन बजेट विनियोजन गरिएको आङ्दाम्बेले बताए । वायु ऊर्जाको सम्भाव्यता अध्ययन गर्न पनि बजेट छुट्याएको उनले बताए ।

आयातित ऊर्जा प्रतिस्थापन गर्न विद्युतीय चुलोको प्रवर्द्धन गर्नसमेत प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । विद्युतीय चुलोको प्रयोग बढाएर आयातित एलपि ग्यास क्रमशः प्रतिस्थापन गर्दै जाने प्रदेश सरकारको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="