Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्रदेश-१ मा ४ सय २२ मेगावाटका आयोजना निर्माणाधीन, ५७ मेगावाट असारभित्र जाेडिँदै

ऊर्जा खबर जेठ ०३, २०७६   1912

खबर



काठमाडौं- प्रदेश-१ मा ४ सय २२ मेगावाटका जलविद्युत आयोजना निर्माणाधीन छन् । निजी क्षेत्रको लगानीका २३ आयोजना निर्माण भइरहेका हुन् । निर्माणाधीन मध्ये ५७ मेगावाटका ३ आयोजना चालु वर्षभित्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने गरी अन्तिम चरणमा पुगेका छन् । २५ मेगावाटको काबेली ‘बी’-१, २२.१ मेगावाटको तल्लो हेवा, ९.९ मेगावाटको इवाखोला विद्युत उत्पादन हुने चरणमा पुगेका आयोजना हुन् ।

काबेली कोरिडोर प्रसारण लाइनमा जोडिने यी आयोजनाले असारभित्र विद्युत उत्पादन गर्न लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ३७.६ मेगावाटको काबेली ‘ए’, १० मेगावाटको सिद्धिखोला, ९.५१ मेगावाटको माइबेनी, ९.६ मेगावाटको सुपर माइ ‘ए’ आयोजना पनि निर्माणको विभिन्न चरणमा छन् । काबेली ए पाँचथर तथा सिद्धिखोला, माइबेनी र सुपर माई इलाममा निर्माण भइरहेका आयोजना हुन् ।

यस्तै, ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला ४.८ मेगावाटको खोरुङ्गा खोला, १४.९ मेगावाटको माया खोला, ९.९९ मेगावाटको सवाखोला, १५.१ मेगावाटको सभाखोला ‘बी’ ४.७२ मेगावाटको माथिल्लो पिलुवाखोला-२ र ८.५ मेगावाटको माथिल्लो हेवा खोला साना आयोजना पनि निर्माणाधीन छन् ।

६.५ मेगावाटको रावा खोला, ३ मेगावाटको माथिल्लो रावा, १८ मेगावाटको माथिल्लो सोलु, ०.९९६ मेगावाटको तेलिया खोला, ५ मेगावाटको जुनवेशी , २३.५ मेगावाटको सोलु खोला, ८६ मेगावाटको सोलु दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु र ८ मेगावाटको टक्सार पिखुवा स्वदेशी लगानीमा निर्माण भइरहेका आयोजना हुन् ।

निर्माणाधीन यी आयोजना सम्पन्न भएपछि प्रदेश-१ को विद्युत उत्पादन क्षमता ५ सय ४९ मेगावाट पुग्नेछ । यो प्रदेशमा अहिले १ सय २७ मेगावाट विद्युत उत्पादन भइरहेको छ । निजी क्षेत्र र विद्युत प्राधिकरणले निर्माण गरेका २३ जलविद्युतगृहबाट विद्युत उत्पादन हुँदै आएको छ ।

भाेलि शनिबारबाट भाेजपुरमा निर्माण सम्पन्न ५ मेगावाटकाे पिखुवा खाेलाले पनि विद्युत उत्पादन गर्दैछ । पिखुवा खाेलाकाे विद्युत प्रणालीमा थपिएपछि कूल उत्पादन क्षामता १ सय ३२ मेगावाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="