Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्रदेश-२ का सबै जिल्लामा २५ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरिने

ऊर्जा खबर असार ०४, २०७६   598

नवीकरणीय ऊर्जा



काठमाडौं- प्रदेश-२ सरकारले हरेक जिल्लामा २५ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गर्ने भएको छ । जलविद्युत उत्पादनको सम्भावना नरहेको प्रदेशका ८ जिल्लामा सौर्य ऊर्जा प्रणाली जडान गर्न लागिएको हो ।

सार्वजनिक निजी साझेदारीमा आर्थिक वर्ष २०७६/७७ देखि साैर्य विद्युत आयोजनाकाे काम सुरु गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । हरेक जिल्लामा २५ मेगावाटका दरले २ सय मेगावाटका सौर्य विद्युत आयोजना अघि बढाउन तथा विद्युत पहुँच नपुगेका स्थानमा विद्युतीकरणका लागि अध्ययन गर्न १ करोड रुपैयाँ विनियोजन गरेको बजेट वक्तब्यमा उल्लेख छ ।

विद्युत पहुँच नपुगेका जिल्लामा विद्युतीकरण गरेर अँध्यारोमुक्त प्रदेश बनाउने घाेषणा बजेटमार्फत गरिएको छ । विद्युत सेवा विस्तार गर्न २ ठूला सौर्य विद्युत आयोजना निर्माण गर्ने तथा जैविक, वायुलगायत नवीकरणीय ऊर्जाको खपत बढाउँदै लैजाने योजनासहित बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।

नवीकरणीय ऊर्जाको प्रविधि प्रवर्द्धन गरी खाना पकाउन प्रयोग हुँदै आएको गोबरको गुईंठा गाेबर ग्यास प्लान्ट तथा सुधारिएकाे र विद्युतीय चुलाेले प्रतिस्थापन गर्ने प्रदेश सरकारको योजना छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="