विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

क्यू४५ मा जलविद्युत आयोजना निर्माण गर्दा ऊर्जा उत्पादनमा प्रतिकूल असर

ऊर्जा खबर कार्तिक २०, २०७५ 4533

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत आयोजना क्यू४५ मा निर्माण गर्ने निर्णय गरेपछि यसले वार्षिक ऊर्जा उत्पादनमा प्रतिकूल असर पर्न थालेको छ । यसबाट खोलामा उपलब्ध अधिकतम पानी उपयोग नहुने हुँदा वार्षिक कूल ऊर्जा उत्पादनमा असर पर्ने देखिएको हो ।

मन्त्रालयले २०७३ चैत २४ गते विद्युत आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका संशोधन गरी क्यू४०को सीमालाई क्यू४५ पुर्याएको थियो । गत कात्तिक ७ गते स्वीकृत गरेको नयाँ निर्देशिकामा पनि यसलाई निरन्तरता दिइएको छ ।

२०७३ पुस २० गते संशोधित निर्देशिकामा क्यू४० डिजाइनमा निर्माण गर्ने व्यवस्था थियो । यो नदीमा प्रवाह भएको पानीको मापन गर्दा प्राप्त भएको तथ्यांकका आधारमा समयअनुसार विश्लेषण गरिएको ४० वा ४५ प्रतिशत समयमा न्यूनतम निरन्तर उपलब्ध हुने पानीको परिमाण नाप्ने विधि हो ।

नदीमा प्रवाह हुने पानीको परिमाण वर्षको ४ वा ५ महिना पूर्णरूपमा उपलब्ध हुनुलाई पनि क्यू४५ भनिन्छ । यसरी पानीको बहाबका आधारमा डिजाइन गर्दा आयोजनाको क्षमता घट्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का निवर्तमान अध्यक्ष खड्गबहादुर विष्टले बताए ।

‘खुख्खा वा हिउँदमा विद्युत उत्पादन कम हुन्छ, क्यू४० को तुलनामा क्यू४५ मा लगानी खासै कम हुँदैन,’ उनले ऊर्जा खबरसँग भने, ‘यसले प्रतियुनिट विद्युत उत्पादन लागत बढाउँछ । र, आयोजना सम्भाव्य नहुन पनि सक्छ ।’

नेपाल विद्युत प्राधिकरणले अहिले हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बार्खमा प्रतियुनिट ४.८० रुपैयाँमा गर्दै आएको विद्युत खरिद सम्झौता (पिपिए) का आधारमा आयोजना निर्माण गर्न गाह्रो हुने विष्टको भनाइ छ । उता प्राधिकरणले अहिले क्यू४० का आयोजनाको मात्र पिपिए गरिरहेको छ ।

क्यू४५ को डिजाइन डिस्चार्जले प्रवर्द्धकलाई फाइदै फाइदा हुने मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए । ‘पिपिएको नयाँ कार्यविधिअनुसार हिउँदमा अधिकतम ३० प्रतिशत ऊर्जा पुग्नैपर्ने व्यवस्था छ,’ उनले मंगलबार ऊर्जा खबरसँग भने, ‘क्यू४० मा डिजाइन गर्दा धेरै आयोजनाको ऊर्जा पुग्दैन । यसैले उनीहरूको हितका लागि पनि यसो गरिएको हो ।’

डिजाइन डिस्चार्ज क्यू४५ तथा बर्खा र हिउँद याम ६–६ महिना गर्दा जलविद्युत विकासकर्ताले प्रशस्त लाभ लिन सक्ने घिमिरेको तर्क छ । नयाँ कार्यविधि आउनुअघि ४ महिना बर्खा र ८ महिना हिउँद कायम गरी पिपिए हुन्थ्यो । यद्यपि, अहिले पनि हिउँदमा ३० प्रतिशत ऊर्जा नपुर्याउने प्रवर्द्धकले ६ महिना हिउँदको पिपिए पाउँदैनन् ।

सरकारले व्यावसायिक मोडलमा कडाइ नगरी डिजाइन खुला छोडिदिए प्रवद्र्धकलाई फाइदा हुने इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए । ‘बर्खामा बढी ऊर्जा चाहिँदैन भनेर नै यसो गरिएको छ तर यसले राज्यलाई नै हानी हुने देखिन्छ,’ उनले भने, ‘प्राकृतिक स्रोतको उच्चतम प्रयोग गर्नुपर्ने बाध्यताबाट हामी बाहिर गएका छौं ।’

नेपालमा करिब ६ हजार नदी तथा खोलानाला बग्ने अनुमान गरिएको छ । यी नदीनालाबाट वार्षिक २ खर्ब २५ अर्ब घनमिटर पानी बग्ने अनुमान गरिन्छ । यसको आधारमा जलविद्युत उत्पादनमा आधा पानीमात्र उपयोग गर्न सकिने अवस्था रहेको गुरागाईंको टिप्पणी छ ।

भुटानका अधिकांश आयोजना क्यू२० मा डिजाइन भएका छन् । नेपालमा भने बर्खामा विद्युत नचाहिने भन्दै डिजाइन डिस्चार्ज बढाइएको छ । यसले विद्युत विकासमा नीतिगत अस्थिरता बढ्दै गएको उनको धारणा छ ।

प्राधिकरणले निर्माण गरेका १ सय ४४ मेगावाटकाे कालीगण्डकी ए, ७० मेगावाटकाे मध्यमर्स्याङ्दी र मर्स्याङ्दी क्यू७० र ६५ मा डिजाइन गरिएकाे हाे । अहिले निर्माणाधीन माथिल्लाे तामाकाेसी क्यू३२ मा डिजाइन गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="