Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चार महिनाभित्र भारतीय सीमा जाेड्ने रेलमार्ग तयार हुने, सरकारले २ वटा नयाँ रेल किन्दै

ऊर्जा खबर पुष ११, २०७५   1130

रेल



भारतीय सीमा क्षेत्रसँग जोडिने गरी निर्माणाधीन रेलमार्गको काम अन्तिम चरणमा पुगेको समयमा सरकारले दुई वटा रेल किन्ने निर्णय गरेको छ । रेलमार्ग तयार भइरहँदा त्यस चलाउन ६ महिनाभित्र रेल किन्ने योजना अघि बढाइएको हो ।

सरकारले सुरुमा भारतसँग भाडामा लिएर रेल चलाउने निर्णय गरेको थियो । तर, यसो गर्दा समयान्तरमा समस्या आउने भन्दै नयाँ किन्ने प्रक्रिया सुरु गरेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

‘भारतीय सीमाका ५ ठाउँमा रेलमार्ग निर्माण गर्न भारतसँग सम्झौता भएको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले दुई ठाउँ (जयनगर–जनकपुर ६९ किलोमिटर र बथनाह–विराटनगर १८ किलोमिटर) मा निर्माण अन्तिम चरणमा छ । काम सकिने समयसम्म नयाँ रेल भित्र्याउने लक्ष्य छ ।’

मिश्रका अनुसार दुई वटा रेल किन्न करिब एक अर्ब रुपैयाँ बजेट आवश्यक पर्छ । सरकारले रेल किन्न चालू आर्थिक वर्षमा ५० करोड रुपैयाँ छुट्ट्याएको छ । बाँकी खरिद प्रक्रियाका क्रममा उपलब्ध गराइने सरकारले प्रतिबद्धता जनाएको उनले बताए ।

नेपालले अर्डर दिएपछि करिब ६ महिनाभित्र भारतले रेल निर्माण गरेर हस्तान्तरण गर्न सक्ने जनाएको छ । भारतीय कारखानामा निर्माण भएको रेल अबको ६ महिनाभित्र नेपाल भित्रिने मिश्रले दोहोर्याए ।

भारतीय सीमा नाका जोडिने गरी पूर्वका काँकडभित्ता–जलपाइगुडी (सय किलोमिटर), सुनौली–भैरहवा (१४ किलोमिटर) र रुपैडिहा–नेपालगन्ज पनि रेलमार्ग निर्माण गर्ने योजना छ । यी तीन ठाउँको अहिले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको मिश्रले जानकारी दिए ।

भारतीय अनुदानमा निर्माण हुने रेलमार्गका लागि ठेकेदार तथा परामर्शदाता छनोट, भुक्तानी तथा व्यवस्थापन भारतले नै गर्नेछ । नेपालले रेलमार्ग निर्माण गर्न आवश्यक जग्गा उपलब्ध गराउने, वन क्षेत्रको रुख कटान, बिजुलीका पोल हटाउने लगायत काम गर्नुपर्ने सर्त छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="