Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

देशभर ३ दिन अझै वर्षा हुने, ठूला नदीमा बाढीको खतरा

ऊर्जा खबर असोज ०१, २०७६   446

जलस्रोत



काठमाडौं— केही दिनदेखिकाे भारी वर्षा ३ दिन अझै नराेकिने भएकाे छ । देशभर माैसम बदली भइ भारी वर्षा हुने सम्भावना देखिएकाे हाे ।

नियमित वर्षाका कारणा देशका प्रमुख ठूला नदीमा पानीकाे सतह बढ्दै गएपछि बाढीकाे उच्च जाेखिम बढेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । नदी तथा खाेलामा बाढीकाे उच्च जाेखिम रहेकाले  उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

ad

विभागका अनुसार बुधबार मेघ गर्जन/चट्यानसहितको वर्षाले कन्काई, बबई, कर्णाली, महाकाली, कोसी, बागमती, नारायणी र यसका सहायक नदीमा उच्च विन्दुमा पुग्ने खतरा बढेकाे छ ।

बिहीबार चुरे र तराईको भुभागमा बहने नदीको बहाव घट्दो क्रममा रहेपनि शुक्रबार भारी वर्षा भई कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, तिनाउलगायत नदीमा बाढी आउने सम्भावना छ।

यस्तै, बारा, पर्सा, मकवानपुर, सिन्धुली, काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादीङ, गोरखा, म्याग्दी, दाङ, रोल्पालगायतका जिल्लामा वर्षा भई आकस्मिक बाढी आउने सम्भावना छ । बाढीको खतरा रहेकाले नदी तथा खोलाको छेउ बसोबास गर्ने स्थानीयबासीलाई सतर्क रहन विभागले अनुरोध गरेको छ ।

देशका मध्य तथा पश्चिमका विभिन्न स्थानमा र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="