Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८९७० मे.वा. घन्टा
  • निजी क्षेत्र : ६८१७ मे.वा. घन्टा
  • भारत : ९००२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४७८९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

३ दिन देशभर भारी वर्षा हुने, हावाहुरीको सम्भावना

ऊर्जा खबर जेठ ०, २०७६   1455

जलस्रोत



काठमाडौं- मेघ गर्जनसहित ३ दिनसम्म देशभरमा भारी वर्षा हुने भएको छ । मौसम बदली भइ हावाहुरीसहित शनिबार साँझसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको हो ।

बुधबार साँझदेखि मौसम बदली भइरहेकाले हावाहुरीसहितकाे वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहीबार देशका पूर्व, पश्चिम र मध्य भुभागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।

यस्तै, शुक्रबार र शनिबार पनि पहाडी, मध्य र पश्चिमी भुभागमा वर्षा हुने सम्भावना छ । शनिबार अपरान्हपछि पूर्वी, मध्य र पश्चिमी क्षेत्रको पहाडी भुभागमा वर्षा हुने विभागले जनाएको छ ।

आइतबारदेखि मौसममा क्रमशः सुधार हुनेछ । हावाहुरीसहितको वर्षाको सम्भावना रहेकाले सुरक्षित रहन विभागले सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="