Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

३३/११ केभी राजापुर सबस्टेसन चार्ज, स्थानीय क्षेत्रको विद्युत वितरण प्रणालीमा सुधार

ऊर्जा खबर जेठ ०, २०७६   1517

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणले र्बिर्दयामा निर्माण भएको ३३/११ केभी राजापुर सबस्टेसन चार्ज गरेको छ । सरकार र प्राधिकरणको सयुंक्त लगानीमा निर्माण सम्पन्न भएको सबस्टेसन चार्ज गरिएको हो ।

आरके इन्टरनेशनल कम्पनीले निर्माण गरेको सबस्टेसनमा ८ एमभिएको पावर ट्रान्सफर्मर जडान गरेर सञ्चालन गरिएको नेपालगन्ज क्षेत्रीय कार्यालय प्रमुख मनोज सिंहले बताए । उनका अनुसार सबस्टेसनबाट २ वटा फिडर सञ्चालन गरिएको छ ।

सबस्टेसन सञ्चालन भएपछि राजापुर क्षेत्रको विद्युत वितरण प्रणालीमा सुधार भएको पनि सिंहले बताए । विद्युत सेवा गुणस्तरीय भई प्राविधिक चुहावट नियन्त्रण हुने प्राधिकरणको दाबी छ । प्राधिकरणका अनुसार लाइन ट्रिप हुने, भोल्टेजमा कमी आउने समस्या पनि समाधान हुनेछ ।

२०७२ सालबाट निर्माण सुरु भएको सबस्टेसन सम्पन्न गर्न करिब १० करोड रुपैयाँ खर्च भएको छ । सबस्टेसन सञ्चालन हुनुअघि कैलालीको टिकापुर सबस्टेसनबाट ११ केभी फिडरमार्फत राजापुर क्षेत्रमा विद्युत आपूर्ति हुदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="