Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००६० मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६९२ मे.वा. घन्टा
  • भारत : ६५२९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘नवीकरणीय ऊर्जा इन्जिनियरिङ’मा धिताललाई विद्यावारिधि उपाधि

ऊर्जा खबर माघ २, २०७५   2193

नवीकरणीय ऊर्जा



काठमाडौं– वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) का निवर्तमान कार्यकारी निर्देशक रामप्रसाद धितालले ‘नवीकरणीय ऊर्जा इन्जिनियरिङ’ विषयमा विद्यावारिधि हासिल गरेका छन् ।

ad

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट धितालले उक्त उपाधि हासिल गरेका हुन् । लामो समय केन्द्रमा काम गरेका उनी पछिल्लो समय कार्यकारी निर्देशकमा रहेर काम गरेका थिए । कार्यकारी निर्देशकको ४ वर्षे कार्यकाल पूरा गरी धिताल गत भदौमा अवकास भएका थिए ।

सन् १९९८ मा संयुक्त राष्ट्र संघअन्तर्गतको ‘संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम’ मा प्राविधिक अधिकृतको रूपमा इन्जिनियरिङ सेवा सुरु गरेका धितालले यो क्षेत्रमा २० वर्षको अनुभव संगालेका छन् । उनले २ वर्ष अफगानिस्तानको ग्रामीण ऊर्जा कार्यक्रममा प्राविधिक सल्लाहकारको जिम्मेवारी पनि पूरा गरेका थिए ।

धितालले सन् १९९७ मा पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरमा स्नातकसम्मको अध्ययन सकेका थिए । यस्तै, सन् २००२ मा जर्मनको वल्डेनवर्ग विश्वविद्यालयबाट नवीकरणीय ऊर्जामै स्नातकोत्तरको अध्ययन पूरा गरेका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामा उनका नवीकरणीय ऊर्जासम्बन्धी लेख तथा अनुसन्धानपत्र प्रकाशित भएका छन् ।

सन् २००३ मा ऊर्जा अधिकृतको रूपमा केन्द्रमा सेवा प्रवेश गरेका धितालले कार्यक्रम संयोजक, सौर्य ऊर्जा शाखा प्रमुखकाे रूपमा काम गरेका थिए । लामो समयदेखि नवीकरणीय ऊर्जा क्षेत्रमा काम गरेका उनी विज्ञका रूपमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="