Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सिँचाइ आयो, खेतीयोग्य जग्गा मासियो

मोहन बुढाऐर, गणेश चौधरी असोज ०१, २०७६   316

जलस्रोत



धनगढी — राष्ट्रिय गौरवको रानी जमारा कुलरिया सिँचाइ आयोजनाको सिञ्चित क्षेत्र सहरीकरण र औद्योगिक विकासले खण्डीकरण हुँदै गएको छ ।

आयोजनाको ३८ हजार ३ सय कमान्ड क्षेत्रभित्र बसेका स्थानीय बजार सहरीकरणतर्फ उन्मुख भइरहेका छन् । राजमार्गमा पर्ने लम्की –चुहा र बहुनियामा खाद्य तथा अन्य करखानाको स्थापनाले औद्योगिक क्षेत्रका रूपमा पनि विकास भइरहेको छ । टीकापुर पर्यटकीय सहरका रूपमा विकास भइसकेको छ ।

ad

यहाँ पछिल्लो समयमा उद्योग र सहरीकणले गर्दा जनसख्या र बसाइसराइको अत्यधिक चाप बढेको छ । खेतीयोग्य उर्वरभूमि प्लटिङमा सकिँदै गएको छ । कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कर्ण कुवँरले लम्कीको डुडेंझाडीमा औद्योगिक क्षेत्र स्थापनाको चर्चाले भविष्यका लागि केही व्यवसायीले जग्गा किनेर राखेको बताए ।

‘अबको केही वर्षमा राजमार्गको ५ किलोमिटर दायाँबायाँको उर्वर जमिन क्षेत्र सहरीकरणमा जान्छ’ उनले भने, ‘स्थानीय बजारलाई कति विस्तार गर्ने र खेतीयोग्य जमिन कति राख्ने, सरकार र स्थानीय तहले ‘मास्टर प्लान’ बनाउने बेला आएको छ ।’ यस्तै लम्कीका रंग तिम्लसेनाले जग्गाको मूल्य ‘रात दोगुना र दिन चार गुना’ ले वृद्धि भइरहेको बताए । ‘जग्गाको पलटिङलाई रोक्न सकिएन भने राज्यको अर्बौं लगानीमा सम्पन्न भइरहेको रानी जमरा कुलरिया आयोजनाको सिञ्चित क्षेत्र बचाउन सकिँदैन,’ उनले भने ।

आयोजनाका इन्जिनियर किसनबहादुर विष्टले पनि राज्यले स्थानीय बजारको विस्तार क्षेत्र बढ्दै गर्दा आयोजनाको सिञ्चित क्षेत्र घट्दै जाने बताए । ‘आयोजनाको कुल सिञ्चित क्षेत्र ३८ हजार ३ सय हेक्टर हो,’ उनले भने, ‘यसको अनुमानित लागत २७ अर्बभन्दा बढीको छ ।’ उनले आयोजनाको निर्माण सम्पन्न हुने बेलासम्म अहिलेको सिञ्चित क्षेत्र आधा घटिसक्ने बताए ।

यो आयोजना विसं २०६३ देखि निर्माण कार्य सुरु गरिएको हो । पन्ध्र वर्षमा आयोजनाबाट परीक्षणस्वरूप आशिंक रूपमा पानी सञ्चालनमा आएको छ । स्थानीयको परम्परागत पानी सञ्चालन प्रणालीमा आयोजनाले पानी बगाउन सकिएको उनले बताए । आयोजनाको मूल बाँध ८ मध्ये ३ वटा ढोकाबाट पानी छोडेर आंशिक रूपमा परियोजना सञ्चालनमा ल्याएको हो । उनका अनुसार यस आयोजनाले रानी कुलोबाट ५३ सय हेक्टर, कुलरिया कुलोबाट ४१ सय हेक्टर र जमरा कुलोबाट ४९ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । राजमार्गको माथिल्लो भागबाट बनाइएको नहरले ६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने आयोजना कार्यालयले जनाएको छ । आयोजनाका अनुसार लम्की विस्तार नहर निर्माणको काम भइरहेको छ । अर्को चरणमा आयोजनाको पथरियादेखि १८ किलोमिटर लम्बाइको नहर निर्माण गरी कान्द्रासम्म पुगाउने र १८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगाउने लक्ष्य रहेको विष्टले बताए ।

धनगढीको खुटिया सिँचाइ आयोजनाको सिञ्चित क्षेत्रको उदाहरण प्रस्तुत गर्दै स्थानीय विजयराज पन्तले भने, ‘रानी जमराको सिञ्चित क्षेत्रको सुरक्षाका लागि प्लटिङ रोकिन आवश्यक भएको बताए । उनका अनुसार खुटिया सिँचाइ योजनाको नहरमा पानी बग्न छोडेको छ । नरहको क्षेत्र अतिक्रमण भएर घरेडीमा बिक्री भएको छ । आवासीय क्षेत्रको रूपमा विकास भइरहेको यसको सिञ्चित क्षेत्र कुनै बेला कैलालीकै राम्रो अन्न उत्पादन हुने खेत थियो । अहिले कसैले विश्वास नै गर्न सकिने अवस्था छैन ।

लम्की नगरपालिका उपमेयर टीका थापाले प्लटिङको काम रोकिएको बताए । उनले आफ्नो नगर क्षेत्रको सहरीकण क्षेत्र र गाउँको गुरुयोजना निर्माण गरिने बताए । यसअघि जग्गा प्लटिङ हुँदा वर्षमा एक सय बिघाभन्दा बढी खेतीयोग्य जमिन घडेरीमा परिणत भएको लालवीर बताउँछन् ।

उनका अनुसार रानी जमरा कुला सिँचाइ प्रणालीको आधाजति खेतीयोग्य जमिन खण्डीकरण भएको छ । नयाँ सर्भेक्षण नभएकाले खेतीयोग्य जग्गा कति घट्यो भन्ने तथ्यांक नभएको जमरा कुलो सिँचाइ उपभोक्ता समितिका अध्यक्ष लालवीर चौधरीले बताउँछन् ।

खेतीयोग्य ठूलो जमिन व्यापारिक रूपमा गरिने जग्गाको प्लटिङमा मात्रै सकिँदै गएको छैन । पारिवार संख्याको वृद्धि र अंशबन्डाका कारण पनि खण्डीकरण भएको भइरहेको स्थानीयको भनाइ छ । ‘पहिला थारूको सगोल परिवार हुन्थ्यो,’ उनले भने, ‘अहिले त घर छुट्टिएर बस्ने चलन छ । यसले पनि खेतीयोग्य जग्गामा घर बन्दै गएको छन् ।’

वन गाउँको कथा

टीकापुर नगरपालिका–१ वनगाउँ एक थारू बहुल गाउँ हो । यहाँ परिवार खेतीपाती पेसामा आश्रित थिए । उनले हेर्दाहेर्दे खेत आवासीय क्षेत्र बन्यो । व्यावसायिक रूपमा प्लटिङ भएर ठुलठुला घर बने । विभिन्न समुदायको बसोवास रहेको छ । दिलबहादुर चौधरी भन्छन्, ‘टीकापुर स्थापना हुँदा प्रत्येक परिवारलाई ४/४ बिघा जग्गा थियो । परिवार संयुक्तमा बस्थे । अहिले केही परिवार घर छुट्टिएर त केहीले जग्गा प्लटिङ गरेर खेतीयोग्य जग्गा मासे ।’

उहिले यो गाउँका किसान परम्परागत कुलो रानी जमरा कुलोमा पानी ल्याउन ‘देशावर’ जान्थे । कर्णालीमा अस्थायी बाँध बाँधेर श्रमदानबाट रानी जमरा कुलरिया तीन छुट्टाछुट्टै सिँचाइ प्रणालीमा पानी सञ्चालन हुन्थ्यो । एक सय वर्षभन्दा पहिलेदेखि आफैं कर्णालीबाट रानी जमरा र कुलरियामा पानी सञ्चालन गरेर खेती गर्दै आएका थिए । दसौं हजार जनताले मिलेर कर्णालीबाट पानी ल्याएर खेत गर्ने आदिवासीको यो चलनबाट प्रभावित भएर विश्व बैंक ऋण दिन मन्जुर भएको थियो ।

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="