Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९६३० मे.वा. घन्टा
  • निजी क्षेत्र : १०८५४ मे.वा. घन्टा
  • भारत : २६०३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०८७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रानी जमरा कुलरिया सिँचाइ आयोजना सञ्चालन, साढे १४ हजार हेक्टर भूमि सिँचित

ऊर्जा खबर असार ३१, २०७६   2111

जलस्रोत



काठमाडौं- राष्ट्रिय गौरबको रानी जमरा कुलरिया सिँचाइ आयोजना सञ्चालन भएको छ । कैलाली र बर्दियाको सीमाना चिसापानीमा निर्माण भएको सिँचाइ आयोजना मंगलबारबाट सञ्चालन भएको हो ।

१४ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने गरी आयोजनाको मुल मुहानबाट पानी छोडिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताए । उनका अनुसार आयोजनाको पूर्वि नहरबाट पनि ५ सय हेक्टर क्षेत्रफल सिँचाइ हुने पानी छोडिएको छ ।

ad

३८ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण गरिएको आयोजनाबाट सुरुवाती चरणमा साढे १४ हजार हेक्टर बढी खेती योग्य जमिन सिँचित हुन लागेको उनले बताए ।

सिँचाइ आयोजनाको बाँकी काम सम्पन्न भएपछि मुहानका सबै गेटबाट पानी छोडिने पुनले बताए । आयोजनाको ८ मध्ये ३ वटा गेटको मात्रै जडान कार्य सकिएको छ । जडान तथा परीक्षण सकिएकामध्ये अहिले २ वटा गेटबाट पानी छाेडिएकाे छ । बाँकी ५ वटा गेटको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । आयोजनामा ८ किलोमिटर मुल नहर छ ।

कैलालीको लम्कीतर्फ विस्तार हुने सिँचाइ आयोजनाको साढे ५ किलोमिटर नहरलगायत १० वटा संरचनाको निर्माण सकिएको छ । लम्कीतर्फ विस्तार भएको नहरबाट यस क्षेत्रको ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।

आयोजनामा सरकारको ६ अर्ब रुपैयाँ तथा विश्व बैंकको ६ अर्ब गरी १२ अर्ब रुपैयाँ लगानी छ । आर्थिक वर्ष २०६४/६५ मा निर्माण सुरु भएको आयोजना आव २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य थियो । तर, म्याद थप गरी २०७६/०७७ सम्म सम्पन्न गरी पूर्ण क्षमतामा सञ्चालन गरिने मन्त्री पुनले जिकिर गरे ।

रानीजमरा पूर्ण क्षमतामा चलेपछि कैलालीका पथरैया, मुनुवा, टीकापुर, नारायणपुर, धनसिंहपुर लगायतका क्षेत्रमा बाह्रै महिना सिँचाइ उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="