Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भोटेकोसीमा भीषण बाढी, रसुवागढीको हेडवर्क्स, पेनस्टक र कफर ड्याम बगायो

ऊर्जा खबर भदौ ०२, २०७६   4716

जलविद्युत



काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा भीषण बाढी आउँदा रसुवागढी जलविद्युत आयोजनाको हेडवर्क्स, पेनस्टक पाइप, कफर ड्यामलगायत संरचना बगाएको छ । आइतबार राती एक्कासी आएको बाढीका कारण ती संरचनामा क्षति पुगेको हो ।

क्षतिको थप विवरण आउन बाँकी रहेको आयोजना प्रमुख छबि गैरेले बताए । ‘आयोजनाको क्याम्प नजिक निर्माणाधीन सुख्खा बन्दरगाह छेउको पुल भत्केको छ । यसबाट हामी वारिपारि गर्न सक्ने अवस्था छैन,’ उनले ऊर्जा खबरसँग भने, ‘तीन वटा पेनस्टक पाइप बगाएको छ । थप विवरण आउन समय लाग्नेछ ।’

ad

आइतबार (भदौ १ गते) राती एक्कासी बाढी आएपछि राती नै ४५ बढी कर्मचारी सुरक्षित स्थानतिर सरेका थिए । २ बजेतिर नदीमा २–३ मिटर पानी घटेकाले फर्केर सुत्न सकिएको गैरेले जानकारी दिए ।

चीनको सीमा नजिक निर्माणाधीन १ सय ११ मेगावाटको आयोजनाले पटक–पटक प्रकृतिक विपद् झेल्दै आएको छ । दुई वर्षअघि पनि नदीमा ठूलो बाढी आउँदा बाँधस्थलमा ठूलो क्षति पुगेको थियो । यस्तै, २०७२ सालको भूकम्पबाट पनि आयोजना नराम्रोसँग थलिएको थियो ।

आयोजनाबाट सन् २०१९ को डिसेम्बरभित्र विद्युत उत्पादनको लक्ष्य राखिएको छ । तर, विभिन्न समयमा आउने प्राकृतिक विपदले आयोजनाबाट विद्युत उत्पादन हुने अवधि धकेलिँदै गएको छ । यसबाट विद्युत उत्पादनमा सरकारले राखेको लक्ष्यसमेत प्रभावित भइरहेको छ ।

याे पनि पढ्नुहाेस्

भोटेकोसीमा भीषण बाढी, रसुवागढीका ४५ कर्मचारी क्याम्प छोडेर सुरक्षित ठाउँतिर

प्रतिक्रिया दिनुहोस