काठमाडौं । रसुवामा निर्माणाधीन१ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना ७२ प्रतिशत पूरा भएको छ । नेपाल र चीनको सीमामा अवस्थित आयोजना चालू वर्षमा सम्पन्न हुने गरी अन्तिम चरणमा पुगेको हो ।
आयोजनाकाे बाँध क्षेत्रका संरचना निर्माणकाे काम सम्पन्न भएकाे प्रवर्द्धक रसुवागढी हाइड्राे पावर कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार अहिले भूमिगत बालुवा थिग्राउने पाेखरी (डिसेन्डर) काे निर्माण तीव्र पारिएकाे छ । आयोजनामा ३ वटा डिसेन्डर छन् ।
खनेर सम्पन्न भएकाे आयोजना मुख्य सुरुङ ढलानकाे काम भइरहेकाे छ । पेनस्टक पाइप तयार जडान गर्न सुरु गरिएकाे छ । विद्युतगृहमा पनि ढलानकाे काम भइरहेकाे कम्पनीले जनाएकाे छ । ट्रान्सफर्मर क्याभर्नको निर्माण सकिएको छ ।
विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानकाे काम पनि भइरहेकाे छ । आयोजनाका ९० प्रतिशत सिभिल संरचना भूमिगत छन् ।आयोजनाबाट चालू वर्षदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।
उत्पादन हुने विद्युत चिलिमे हब सबस्टेसनमा जाेिडनेछ । चिलिमे हबसम्म आवश्यक १२ किलाेमिटर १३२ केभी प्रसारण लाइन कम्पनीले निर्माण गरिरहेकाे छ । प्रसारण लाइनकाे टावरकाे जग खन्ने काम भइरहेकाे कम्पनीले जानकारी दिएकाे छ ।
आयोजना सम्पन्न गर्न बैंकको व्याज बाहेक १३ अर्ब ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । २०७० माघबाट सुरु भएको आयोजना भूकम्प, नाकाबन्दी, पहिरोको समस्याका कारण प्रभावित भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस