विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रसुवागढीको १ अर्ब २ करोड ६३ लाख मूल्यको साधारण सेयर आउँदै

ऊर्जा खबर कार्तिक १६, २०७५ 4764

काठमाडौं– रसुवागढी हाइड्रो पावर कम्पनीले १ अर्ब २ करोड ६३ लाख १५ हजार मूल्यको साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता साधारण सेयर निष्कासनको तयारी गरेको हो । निष्कासन गर्न लागिएको साधारण सेयर स्वपु्ँजी लगानीको १५ प्रतिशत हो ।

दोस्रो चणरणमा आयोजना प्रभावित स्थानीयको सेयर निष्कासन गर्ने तय भए पनि जिल्ला समन्वय समिति रसुवाले सम्बन्धित सरोकारवालासँगको छलफलपछि अवधि सार्न आग्रह गरेकाले पहिले साधारण सेयर आउन लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइरालाले बताए । उनका अनुसार नेपाल धितोपत्र बोर्ड दोस्रो चरणमा साधारण सेयर निष्कासन गर्न स्वीकृति दिन सहमत भएकाले तयारी थालिएको छ ।

बोर्ड धितोपत्र निष्कासन तथा बाँढफाँड नियमावली एवं निर्देशिकामा आवश्यक संसोधन गरेर कम्पनीलाई स्थानीयको भन्दा अघि साधारण सेयर निष्कासनको अनुमति दिन सकारात्मक देखिएकाे छ ।बोर्डको निर्णय आएपछि आगामी पुसभित्र साधारण सेयर निष्कासन गरेर बाँडफाँड गरिने पनि कोइरालाले बताए ।कम्पनीले गत असार २२ मा बोर्डलाई दोस्रो चरणमा साधारण सेयर निष्कासन तथा बिक्री वितरणको स्वीकृति दिन अनुरोध सहितको पत्र पठाएको थियो ।

सहमती अनुसार अब साधारण सेयर बाँडफाँडपछि मात्रै स्थानीयका लागि छुट्याइएको ६८ करोड ४२ लाख १० हजार मूल्यको ६८ लाख ४२ हजार १ सय कित्ता सेयर निष्कासन हुनेछ । २०७२ को विनासकारी भूकम्पले क्षति पुर्याएकाको घर पुनर्निर्माण गर्नु परेकाले तत्काल सेयर खरिद गर्न नसकेपछि स्थानीयको सेयर तेस्रो चरणका लागि सारिएको हो ।

कम्पनीले यसअघि कर्मचारी संचय कोषमा रकम जम्मा गर्ने संचयकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारीका लागि छुट्याइएको २४ प्रतिशत सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेको छ ।

रसुवास्थित नेपाल–चीन नाका नजिकै निर्माणाधीन आयोजना ७० प्रतिशत पूरा भएको छ । बाँकी ३० प्रतिशत काम २०७६ पुसभित्र सम्पन्न गरेर आयोजनाबाट विद्युत उत्पादन गर्ने तालिका छ । ५० प्रतिशत ऋण र ५० प्रतिशत स्वपुँजी लगानी रहने आयोजना १५ अर्ब १८ करोड रुपैयाँ लागतमा सम्पन्न हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="